संविधान र विधान मिच्ने प्रवृत्तिले लोकतन्त्र र पार्टी दुवैलाई कमजोर बनाउछ : महर

Image
Nisarga Hospital

अत्तरिया : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले सत्ता सञ्चालन र पार्टीको आन्तरिक व्यवस्थापनमा शीर्ष नेतृत्वले अपनाएको कार्यशैलीमाथि गम्भीर र सघन प्रश्नहरू उठाएका छन ।

CP Hospital Dhangadhi

नेपाल प्रेस युनियन, कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महरले वर्तमान सत्ता गठबन्धनद्वारा बनाइएको ’उच्चस्तरीय राजनीतिक संयन्त्र’ र पार्टीभित्र ’पदाधिकारी बैठक’ का नाममा भइरहेका निर्णय प्रक्रियामाथि आपति जनाए । “संविधानले नचिनेको संयन्त्रले सरकारलाई निर्देशित गर्ने र विधानले नचिनेको सिमित पदाधिकारी बैठकले समग्र पार्टीलाई चलाउन खोज्ने प्रवृत्ति हाबी भएको छ, उनले भने, “यस्तो अभ्यासले देशमा विधिको शासन र पार्टीमा आन्तरिक लोकतन्त्र दुवैलाई ठाडो चुनौती दिएको छ । यो गलत छ र यसलाई रोक्नुपर्छ ।’

महरले विगत १० महिनादेखि केन्द्रीय कार्यसमितिको बैठक बस्न नसकेको प्रसंगमा उनले भने, “पार्टीको सर्वोच्च निकाय केन्द्रीय समितिलाई निष्क्रिय बनाएर केही सीमित शिर्ष पदाधिकारीको तजबिजमा पार्टी चलाउन खोजिएको छ । विधानको समयसीमा घर्किँदै जाँदा पनि महाधिवेशनको प्रक्रिया सुरु नहुनुले भी–५ को नियतमाथि शंका उत्पन्न गराएको छ ।’

nawajiwan
Attariya Hospital

नेताको चरित्र र आचरणको प्रतिबिम्ब देशको शासन प्रणालीमा देखिने भन्दै उनले सुशासनका लागि नेताहरू स्वयं नैतिकवान हुनुपर्ने र पार्टी आदर्शवादी हुनुपर्नेमा जोड दिए । संविधान कार्यान्वयन र जनमुखी कानुन निर्माणमा सांसदहरूको भूमिका कमजोर देखिएकोतर्फ संकेत गर्दै उनले सांसदहरूलाई थप जिम्मेवार र जवाफदेही बन्न आग्रह गरे ।

गेटामा दशरथ चन्द स्वस्थ्य मेडिकल विश्वविद्यालयलाई आवश्यक नीति, कानुन निर्माण गरेर यथाशक्य छिटो सुसंचालन गर्नु पर्नेमा महरको जोड थियो ।