कर र भ्याट खारेजको माग गर्दै सुनचाँदी व्यवसायीको धनगढी र अत्तरियामा विरोध प्रदर्शन

Image
Nisarga Hospital

अत्तरिया : सुनचाँदी व्यवसायीहरु आन्दोलित छन् । सुन चाँदी व्यवसायी कैलालीले धनगढीमा विरोध प्रदर्शन गरेको छ भने सुनचाँदी आभूषण व्यवसायी संघले अत्तरियामा प्रदर्शन गरेको छ । सरकारले आर्थिक वर्ष २०८२–०८३ को बजेट वक्तव्यमार्फत् सुनचाँदी तथा हिरा पत्थरका गरगहनामा विलासिता कर र भ्याट लगाउने जनाएपछि व्यवसायी आन्दोलित भएका हुन ।

CP Hospital Dhangadhi

सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट वक्तव्यमार्फत् सुन तथा सुनका गहनामा २ प्रतिशत विलासिता कर लगाउने र हिरा जवाहरत लगायत बहुमूल्य बस्तुमा १३ प्रतिशत भ्याट लगाउने घोषणा गरेपछि त्यसको खारेजीको माग गर्दै चरणबद्ध आन्दोलन व्यवसायी रहेका छन् । हिजो हातमा कालोपट्टी बाधँेर काम गरेका उनीहरुले आज अत्तरिया, धनगढी लगायका सहरमा विरोध प्रदर्शन गरेका छन् ।

विरोधमा अत्तरिया, धनगढी लगायका ठाउँमा आज सुन चादी व्यवसायीहरु बन्द रहेका छन् ।

nawajiwan
Attariya Hospital

सुनचाँदी व्यवसाय आर्थिक मन्दीका कारण दिनप्रतिदिन ओरालो लागिरहेको र सुनको मूल्यमा उच्च वृद्धि भइरहेको अवस्थामा सुनलाई विलासिताको बस्तु भनी सुनका गरगहनामा विलासिता कर २ प्रतिशत र हिरा तथा जवहरातमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर भ्याट लगाई व्यवसायीहरूलाई व्यवसायबाट विस्थापित गर्ने स्थिति सृजना गरिएको उनीहरुको आरोप छ । उपभोक्तालाई मर्का पर्नुकासाथै सुनचाँदी व्यवसायलाई धराशायी बनाउने खेलमा सरकार लागेको व्यावसायी समीर सिजापतीले बताए । अत्तरियमा भएको विरोध प्रदर्शन व्यवसायी दिपक पौडेल, सुनिल लामिछानेले सम्बोधन गरेका थिए । यस्तै अत्तरियाका युवा नेता लोकराज पान्डेय आगोले उनीहरुको मागलाई सरकारले सुनुवाई गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

यस्तै धनगढीमा पनि विरोध प्रदर्शन भएको छ । धनगढी चौराह देखि जिल्ला प्रशासन कार्यालय कैलाली सम्म विरोद प्रदर्शन गरेको हो ।  कैलाली जिल्ला प्रशासन अगाडि व्यवसायीहरुले नारावाजी समेत गरेका थिए । सुन चाँदी व्यवसाय संघ कैलालीका अध्यक्ष यदु सुनारले छिमेकी भारतको भन्सार दर र नेपालको सुन आयातको भन्सार दरमा एकरूपमा नहुँदा नेपाली उपभोक्ताहरू सीमानाका बजारहरूमा सुनका गरगहना किन्न जाने अवस्था रहेकोले बजेट वक्तव्यमार्फत् लिएको नीति कार्यान्वयन भएमा व्यवसायमा नकारात्मक असर पर्ने बताए ।

संघले सुन तथा सुनका गरगहनामा लागु गरिएको विलासिता २ प्रतिशत र हिरा तथा जवहारात जडित गरगहनामा लागु गरिएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल पुनर्बिचार गरी खारेज गर्न, सुनचाँदीको कारोबारलाई दीर्घकालीन रूपमा प्रोत्साहित गर्न छिटोभन्दा छिटो ऐन नियम तथा नीतिहरू निमार्ण गर्न, नेपाल राष्ट्र बैंकबाट जारी गरिएको परिपत्रअनुसार बैंकहरूबाट निकासा गरिने सुन साना व्यवसायहरूका लागि सय ग्राम र दुई ग्रामसम्मका परिमाणमा प्रदेशस्तरमै स्थानीय बैंकहरूले उपलब्ध हुने व्यवस्था गर्न तथा छिमेकी मुलुक भारतमा भन्दा नेपालमा लिइने भन्सार दर ४ प्रतिशत बढी भएकोले त्यसलाई घटाई भारतमा जसरीनै ६ प्रतिशत भन्सार दर कायम गर्नुपर्ने माग गरेको छ ।