पूर्वबाट सुरु भएको मनसुन लुम्बिनीसम्म पुग्यो, बाँकी प्रदेशमा केही दिन लाग्न सक्छ

Image
Nisarga Hospital

यस वर्षको मनसुन प्रणाली नेपालमा पूर्वी भागबाट सुरु भई क्रमशः पश्चिमतर्फ सर्दै गएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार २९ जेठसम्ममा मनसुन कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा प्रवेश गरिसकेको छ।

CP Hospital Dhangadhi

विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएअनुसार, बिहीबार साँझ ५ बजेसम्म मनसुन लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा समेत सक्रिय भइसकेको छ। कोशी प्रदेशमा भने यो प्रणाली १५ जेठमै प्रवेश गरिसकेको थियो।

Attariya Hospital

हालको अवस्थाले हेर्दा, देशका बाँकी प्रदेशमा मनसुन पुग्न अझै केही दिन लाग्ने देखिएको छ। मौसमविद्हरूका अनुसार मनसुन क्रमशः पश्चिमतर्फ फैलिने क्रममा रहेकाले सुदूरपश्चिम र कर्णालीमा केही ढिलो भित्रिने सम्भावना रहेको छ।

nawajiwan

मौसम विज्ञान विभागले किसान, निर्माण कार्यहरूमा संलग्न निकाय तथा आम जनतालाई सचेत रहन र आवश्यक तयारी गर्न आग्रह गरेको छ।