बैतडीको सिगास घर भएकी शिक्षिका अवस्थीको सर्पको टोकाईबाट निधन

Image
Nisarga Hospital

अत्तरियाः बैतडी जिल्ला सिगास गाउँपालिका–८, सिराडी स्थायी घर भई हाल धनगढी उपमहानगरपालिका–३, बोराडाँडीमा बसोबास गर्दै आएकी शिक्षिका पार्वती अवस्थीको सर्पदंशका कारण मृत्यु भएको छ।

CP Hospital Dhangadhi

उनी कैलालीको गोदावरी नगरपालिका–८ स्थित शारदा माध्यमिक विद्यालय, श्रीपुरमा कार्यरत थिइन्। बिहीबार साँझ सर्पले टोकेपछि तत्कालै सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याइएको थियो। तर उपचारकै क्रममा राति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

शिक्षण पेशामा समर्पित र विद्यार्थीमैत्री व्यवहारका लागि परिचित अवस्थीको असामयिक निधनले शैक्षिक समुदाय शोकमा डुबेको छ।

nawajiwan
Attariya Hospital

शिक्षक संघ, शिक्षक महासंघलगायतका संस्थाहरूले पार्वती अवस्थीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारप्रति समवेदना प्रकट गरेका छन्। साथै, सर्पदंशजस्ता आकस्मिक घटनामा जनचेतना र उपचार पूर्वतयारीको आवश्यकता औंल्याएका छन्।

स्थानीय तथा शैक्षिक समुदायमा गहिरो शोक छाएको छ।