धनगढी नगर प्रहरीद्वारा १८ सयभन्दा बढी सर्पको सफल उद्धार

Image
Nisarga Hospital

धनगढी उपमहानगरपालिकाको नगर प्रहरीले साढे दुई वर्षको अवधिमा एक हजार आठ सय २१ वटा सर्पको सफल उद्धार गरेको छ। सन् २०८० सालमा सर्प उद्धारसम्बन्धी विशेष तालिम लिएपछि नगर प्रहरीले यो अभियान थालेको हो।

CP Hospital Dhangadhi

नगर प्रहरीले धनगढी मात्र होइन, छिमेकी पालिकाहरूमा समेत पुगेर सर्प उद्धार गर्दै आएको छ। उद्धार गरिएका सर्पहरूमा अजिङ्गर, करेत, कमन करेत, लक्ष्मी नाग, कालो गोमन, गोमन, राज गोमन (किङ कोब्रा), कमन कोब्रा र भाइपर पिटजस्ता विभिन्न प्रजातिका सर्प समावेश छन्।

nawajiwan
Attariya Hospital

नगर प्रहरीले उद्धार गरिएका सर्पलाई सुरक्षित प्राकृतिक बासस्थानमा छोड्ने गरेको छ। यसअघि सर्प देखिएपछि त्रासले मार्ने प्रवृत्ति थियो, तर नगर प्रहरीले सर्प उद्धार अभियान चलाएपछि धेरैको ज्यान जोगिएको र सर्पप्रति सचेतना पनि बढेको जनाइएको छ।

हाल घर वा वरिपरि सर्प देखिएमा सर्वसाधारण नगर प्रहरीलाई बोलाउने गर्दछन्। यो कार्यले वन्यजन्तु संरक्षणमा योगदान दिनुका साथै समुदायलाई सुरक्षित राख्न पनि सहयोग पुर्‍याएको छ।