रेडक्रस धनगढी ५ उपशाखाको सभापतिमा पाण्डेय

Image
Nisarga Hospital

नेपाल रेडक्रस सोसाइटी धनगढी ५ नं उपशाखाको सभापतिमा दिनेश पाण्डेय निर्बिरोध निर्वाचित भएका छन । उपशाखाको २० औं अधिबेशन तथा उपशाखा सभाको कार्यसमितिको निर्वाचनमा ११ सदस्सीय कार्य समिति निर्बिरोध निर्वाचित भएका हुन । उपशाखाको उपसभापतिमा लिला कुमारी भट्ट, सचिव सुरेश प्रसाद जोशी, कोषाध्यक्ष सुभाष चन्द्र भण्डारी, उपसचिव बिजय नन्द साउद, उप कोषाध्यक्ष दिनेश चन्द्र जोशी चयन भएको निर्वाचन अधिकारी धर्मराज जोशीले बताए ।

CP Hospital Dhangadhi
Attariya Hospital

त्यस्तै सदस्यहरुमा कालिदास जोशी, हेमराज जोशी, दीपक उपाध्याय, नरेन्द्र शाह र महिला सदस्य ललिता कुमारी भट्ट निर्बिरोध निर्वाचित भएको निर्वाचन अधिकारी जोशीले बताए । निबर्तमान सभापति माधव भट्टको सभापतित्वमा भएको साधारणसभाको प्रमुख अतिथिमा नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाका सभापति लोकराज जोशी रहेका थिए भने बिशिष्ट अतिथिमा रेडक्रस कैलालीका कोषाध्यक्ष गोबिन्द राज जोशी, सामुदिय प्रहरी सेवा केन्द्रका संस्थापक अध्यक्ष मदनराज भट्ट, वडा नम्बर ५ का सदस्य दत्तुराम पाण्डेय लगायतको उपस्थिति रहेको थियो ।

nawajiwan