सुदूरपश्चिमको बजेटमा कृषिका लागि तीन अर्ब बढी विनियोजन, भेटेनरी एम्बुलेन्स सेवा पनि सुरु हुने

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कृषि क्षेत्रमा तीन अर्ब ३० करोड १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। आइतबार आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले बजेट सार्वजनिक गर्दै कृषि उत्पादनमा आधारित “एक स्थानीय तह, दुई उत्पादन” कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।

CP Hospital Dhangadhi

यो कार्यक्रम अन्तर्गत १७६ पकेट क्षेत्र निर्माण गरिनेछ भने १७६ जना प्राविधिक परिचालन गरी ५ हजार कृषक लाभान्वित हुनेछन्। यस कार्यक्रमका लागि ७० करोड रुपैयाँ छुट्याइएको छ।

Attariya Hospital

साथै, पशु सेवा सुदृढ गर्न कैलालीमा एम्बुलेन्ससहितको भेटेनरी इर्मेजेन्सी सेवा सुरु गरिने भएको छ, जसका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको छ।

nawajiwan

कृषिमा अनुदान व्यवस्था पनि बजेटमार्फत निरन्तरता दिइएको छ। सरकारको भनाइ अनुसार, कृषि क्षेत्रमा लगानी बढाएर उत्पादन र रोजगारीमा वृद्धिको अपेक्षा गरिएको छ।