२५ वर्षदेखि निरन्तर चिया व्यवसायमा: ६३ वर्षीय पनेरु वाजे दिनभर १३० कप चिया बेच्दै गोदावरीका प्रेरणाका पात्र

Image
Nisarga Hospital

कैलालीः “काम गर्न उमेरले हैन, इच्छाशक्तिले फरक पार्छ” भन्ने भनाइलाई साकार बनाइरहेका छन् गोदावरी नगरपालिका–३ निवासी ६३ वर्षीय पनेरु वाजे। ढाई दशकअघिदेखि निरन्तर चिया व्यवसायमा लागिरहनु भएका वाजे अहिले पनि दैनिक १२०–१३० कपसम्म चिया बेच्दै आएका छन्।

CP Hospital Dhangadhi

विहान सबेरै ५ बजेदेखि नै वाजेको सानो चिया स्टलमा रमाइलो चहलपहल सुरु हुन्छ। स्थानीय वृद्धवृद्धादेखि काममा हिँड्ने युवा–युवतीसम्म सबैको पहिलो गन्तव्य वाजेको चिया स्टल हुने गरेको छ। उहाँका ग्राहकहरू भन्छन्, “पनेरु वाजेको चियामा स्वाद मात्रै होइन, आत्मीयता मिसिएको हुन्छ।”

शुरूका दिनमा सामान्य परिवार चलाउनका लागि चिया बेच्न थालेका वाजे अहिले चिया व्यवसायलाई जीवनको एउटा अभिन्न अंग बनाईसक्नु भएको छ। बिहानदेखि बेलुकासम्म चिया बनाउँदै, ग्राहकसँग हाँसी–खेली दिन बिताउने उहाँको जीवनशैली नै अहिले धेरैका लागि प्रेरणाको स्रोत बनेको छ।

nawajiwan

“पहिले त जीउ चलाउने काम थियो, अब त यो मेरो जीवनको लयजस्तै भइसक्यो,” वाजे मुस्कुराउँदै भन्नुहुन्छ।

सवारी साधन, ठूला पसल, र चम्किलो जीवनशैलीका बीच वाजेले सादा जीवन, श्रमशीलता र इमानदारिता बोकेर जुनसुकै पुस्ताका लागि उदाहरणीय जीवन जिउँदै आउनु भएको छ। उहाँको स्टल सस्तो, स्वादिलो चियाका लागि मात्र होइन, गफ, सल्लाह, हाँसो र आत्मीयताका लागि पनि परिचित छ।

Attariya Hospital

स्थानीय वडाध्यक्षदेखि शिक्षक, व्यवसायी र वृद्ध समाजका सदस्यहरू पनि वाजेको चियाबाट दिनको थालनी गर्ने गर्छन्।

“उहाँको स्टलमा चिया पिउनु भनेको केवल चिया पिउनु होइन, आत्मीयता पाउनु पनि हो,” एक ग्राहक भन्छन्।

न त थकान, न गुनासो। बरु अनुहारमा सधैं मुस्कान बोकेर सबैसँग आत्मीय व्यवहार गर्ने वाजे आफ्नो उमेरभन्दा कैयौं वर्ष कान्छाजस्तै देखिन्छन्। वाजेको व्यवसायले स्थानीय बजारमा न्यानोपन दिएको छ भने उहाँको कथाले सिंगो समाजमा प्रेरणा थपेको छ।

वृद्ध उमेरमा पनि उस्तै जोशका साथ परिश्रम गर्दै समाजमा उदाहरणीय सन्देश दिने पनेरु वाजे जस्ता व्यक्तित्वले देखाउँछ — सम्मान पाउन ठूलो काम होइन, सानो काममा पनि समर्पण र इमानदारी हुनुपर्छ।