अत्तरिया साना शहरी खानेपानीको १६औं वार्षिक साधारण सभा सम्पन्न, दिर्घकालिन सामाधानका लागि नगरपालिकाको साथ

Image
Nisarga Hospital

अत्तरियाः  अत्तरिया साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको १६औं वार्षिक साधारण सभा बिहीबार एक विशेष कार्यक्रमका बीच सम्पन्न भएको छ। कार्यक्रम समितिका कार्यवाहक अध्यक्ष शेरबहादुर बिष्टको अध्यक्षतामा सम्पन्न भएको हो।

CP Hospital Dhangadhi

संस्थाले गत आर्थिक वर्षमा ४ करोड २७ लाख ९४ हजार ८९ रुपियाँ आम्दानी गरेको छ भने ३ करोड ६४ लाख ६० हजार ४४३ रुपियाँ खर्च गरि ६३ लाख ३३ हजार ६४६ रुपियाँ रकम बचत गरेको छ । संस्थाले आगामी आर्थिक वर्ष २०८२ \८३ मा ९ करोड ५७ लाख २३ हजार ४४२ रुपियाँ आम्दानी तथा खर्च हुने अनुमान गरेको छ । संस्थाका सचिव पुष्पराज चटौतको संयोजकत्वमा ९ सदस्यीय खानेपानी सुरक्षा योजना समिति गठन गरिएको संस्थाले जनाएको छ ।

nawajiwan

त्यस्तै खानेपानीको गुणस्तर कायम राख्न २ थान प्रेशर फिल्टर जडान गरिएको र कार्यालयभित्र २ कोठे शौचालय निर्माण गरिएको जनाइएको छ । त्यसैगरि गोदावरी आर्यघाटमा फोहोर व्यवस्थापनका लागि २ थान फोहोर डिस्पोजल च्याम्बर जडान गरिएको, नयाँ निर्माण गरिएको कार्यालयमा र वनदेवी स्थीत साइड अफिसमा सीसीटिभी जडान गरिएको र आयोजनाको दिर्घकालिन योजनाका लागि आयोजना क्षेत्रको घरधुरी सर्वे गरिएको संस्थाले जनाएको छ ।

साधारण सभाका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए। कार्यक्रममा नगरपालिकाका विभिन्न वडाका अध्यक्षहरू, संघ–संस्थाका प्रतिनिधि तथा उपभोक्ताहरूको उल्लेखनीय उपस्थिति थियो।

सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति प्रतिवेदन, लेखा प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन र आगामी वर्षका अनुमानित बजेट तथा कार्यक्रमहरू प्रस्तुत गरियो। कार्यवाहक अध्यक्ष बिष्टले संस्थाले सबै उपभोक्तालाई आवश्यक अनुसार शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्यसहित काम गरिरहेको बताए।

आयोजना क्षेत्र भित्रका शाखा लाइनहरुमा खानेपानीका पाईप लाईनहरु दुबै साईड विस्तार गर्ने र आयोजनाको सेवा क्षेत्रको सम्पूर्ण वस्तुस्थितिको विस्तृत सामाजिक सर्भेक्षण गरी आवश्यकता अनुसार डिजाईन पुनरावलोकन गरी वितरण प्रणालीलाई व्यवस्थित गर्ने लक्ष्य रहेको पनि संस्थाले साधारण सभामा बताएको छ । आयोजनाको डिजिटल ले–आउट सहितको नक्सा तयार गर्ने, खानेपानीका मुहानहरुमा डिजिटल फ्लो मिटरहरु जडान गर्ने, पाईपलाइन मर्मतका लागी खन्ने पुर्ने साधनको लागी पहल गर्ने, संस्थाका प्रशारण लाईन, भल्व, पम्पहरु आदि कार्य अनलाईन सिस्टमबाट संचालन गर्ने संस्थाको लक्ष्य रहेको छ । त्यसैगरि मिटर रिडर पुर्ण रुपमा डिजिटलाईजेसन गर्ने र सम्पुर्ण एरियाको मिटर रिडिङ् पश्चात उपभोक्ताहरुको मोवाइलमा बिल रकम म्यासेजद्धारा पठाउने लक्ष्य रहेको अत्तरिया खानेपानीले जनाएको छ ।

Attariya Hospital

नगरप्रमुख भट्टले खानेपानीका स्रोतहरू पहिचान गरी नयाँ योजनाका लागि डिपिआर (साँघुरो योजना प्रतिवेदन) तयार गर्न नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए। डिपिआर निर्माणमा झण्डै २० लाख लागत लाग्ने जनाउँदै उनले प्राविधिक पक्षमा थप छलफल गरी सहयोगको ढोका खुला रहने बताए।

नगर प्रमुख भट्टले जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्दै गएको र आर्टिजन बोरिङको अत्यधिक प्रयोगले भूजलको सतह घट्दै गएकोप्रति चिन्ता व्यक्त गरे। उनले भने, “अहिले ध्यान नदिए आगामी २–३ वर्षमा खडेरीको सामना गर्नुपर्ने अवस्था आउन सक्छ।”

उनले खानेपानी संस्थालाई नगरसँग समन्वय गरी दिगो समाधानका लागि सम्भावित मुहान पहिचान गर्न आग्रह गरे। “खानेपानी दिगो बनाउन स्थानीय सरकार सधैं सकारात्मक छ,” भट्टले थपे।

oplus_0

फरक प्रसंगमा उनले नगरसँग समन्वयबिना हुने जग्गा प्लटिङप्रति चिन्ता जनाउँदै यसपटकको नीति तथा कार्यक्रममा त्यस्ता बाटोघाटोलाई मान्यता नदिने जानकारी दिए। उनले प्लटिङकै कारण खानेपानीका पाइपहरूमा क्षति पुगेको पनि उल्लेख गरे।

सामूहिक आवश्यकतामा आधारित प्रस्ताव लिएर आउने हो भने नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै, सीमित बजेटका बाबजुद क्रमिक रूपमा जनअपेक्षा पुरा गरिने बताएका छन्।

आयोजना क्षेत्र भित्रका शाखा लाइनहरुमा खानेपानीका पाईप लाईनहरु दुबै साईड विस्तार गर्ने र आयोजनाको सेवा क्षेत्रको सम्पूर्ण वस्तुस्थितिको विस्तृत सामाजिक सर्भेक्षण गरी आवश्यकता अनुसार डिजाईन पुनरावलोकन गरी वितरण प्रणालीलाई व्यवस्थित गर्ने लक्ष्य रहेको पनि संस्थाले साधारण सभामा बताएको छ । आयोजनाको डिजिटल ले–आउट सहितको नक्सा तयार गर्ने, खानेपानीका मुहानहरुमा डिजिटल फ्लो मिटरहरु जडान गर्ने, पाईपलाइन मर्मतका लागी खन्ने पुर्ने साधनको लागी पहल गर्ने, संस्थाका प्रशारण लाईन, भल्व, पम्पहरु आदि कार्य अनलाईन सिस्टमबाट संचालन गर्ने संस्थाको लक्ष्य रहेको छ । त्यसैगरि मिटर रिडर पुर्ण रुपमा डिजिटलाईजेसन गर्ने र सम्पुर्ण एरियाको मिटर रिडिङ् पश्चात उपभोक्ताहरुको मोवाइलमा बिल रकम म्यासेजद्धारा पठाउने लक्ष्य रहेको अत्तरिया खानेपानीले जनाएको छ ।

बोरिङहरुमा पानीको लेवल घटेको तथा बोरिङ गरेको भित्रीभागमा पहिरो जाने क्रममा कहिले काहि धमिलो पानी आउने चुनौती रहेको संस्थाले उल्लेख गरेको छ । त्यस्तै खानेपानी वितरण प्रणालीको पाईपलाइन र हाउस कनेक्सनमा पानीको लिकेजको शंका रहेको तर पत्ता लगाउने उपकरणहरु नहुँदा गाह्रो भएको बताउँदै सडकको सतहदेखि गहिराईमा रहेका र पानी जम्ने सतहमा रहेका पानीका पाईपलाइन संचालनमा चुनौती रहेको संस्थाको भनाई छ ।

आयोजना क्षेत्र भित्रका बाटोहरु पिच तथा नालीबनाउने क्रममा धेरै स्थानहरुमा (डोजर-जेसिवीबाट) पाईपलाइनमा क्षति पुर्याउँदा नोक्सानी ब्यहोर्नु परिरहेको संस्थाले दुखेसो गरेको छ । बसाईसराई गरि आउने सङ्ख्या वृद्धी हुँदा नयाँ बाटोहरु खुल्नेक्रम पनि बढेकाले डिजाईनभन्दा बढी पाईपलाइन बिछ्याउनु परेको संस्थाले जनाएको छ । महासचिव महादेव भट्टको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रममा कोषाध्यक्ष लक्ष्मण बहादुर कठायतले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाका सचिव पुष्पराज चटौतले कार्यक्रम सञ्चालन गरेका थिए ।

२०६० सालमा दर्ता भएको अत्तरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले गोदावरी नगरपालिका वडा नम्बर १, २ र ४ का ५ हजार २ सय भन्दा बढी उपभोक्ताहरुलाई स्वच्छ खानेपानी वितरण गर्दै आइरहेको छ । साधारण सभा २०८१ चैत्रमै गर्नुपर्ने भएपनि संस्थाका अध्यक्ष टिकादत्त जोशीको असामयिक निधनका कारण ढिलो हुन पुगेको संस्थाले जनाएको छ । संस्थापक सदस्य, पूर्व सल्लाहकार संयोजक तथा वरिष्ठ समाजसेवी समेत रहेका जोशीको निधनले संस्थाले ठुलो क्षति व्यहर्नु परेको भन्दै जोशीको सपना साकार गर्न कार्यसमिति तल्लिन रहेको संस्थाका कार्यवाहक अध्यक्ष विष्टले बताएका छन् ।