ज्योतिषीका अनुसार आजका लागि यी ७ राशिका मानिसहरूको भाग्य चम्किदै छ भने बाँकीलाई सामान्य, अनि तपाईंको राशिलाई कस्तो छ त ? पढ्नुहोस् असार महिनाको ८ गते आईतबारका दैनिक राशिफल :

Image
Nisarga Hospital

आज – ०८ आषाढ २०८२ आइतवार को राशिफल

CP Hospital Dhangadhi

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समाजमा मान प्रतिष्ठा बढ्नेछ। नयाँ कार्य प्रारम्भ गर्नको लागि उपयुक्त समय रहेको छ। काम विशेषले यात्रा गर्नुपर्ला। कुनै पनि कुरामा नहत्तारिनु होला। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

nawajiwan

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा सहयोगीहरूको समर्थन प्राप्त हुनेछ। आत्मबल उच्च रहनुका साथै कार्यप्रति जिम्मेवारीको बोध बढ्नेछ। शेयर बाजारबाट लाभ मिल्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आर्थिक पक्ष सबल रहनुका साथै रोकिएका काममा गति मिल्नेछ। कार्यक्षेत्रलाई लिएर यात्रा वा स्थान परिवर्तनको सम्भावना छ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ३ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रेम सम्बन्ध प्रगाढ हुनेछ। इष्टमित्रहरूको सहयोगले आत्मबल बढ्नेछ। व्यापार व्यवसायमा नयाँ सम्पर्क र सल्लाह लाभदायी रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आत्मचिन्तन वा योजनाबद्ध कार्यको लागि समय उपयुक्त रहेको छ। व्यापार व्यवसायमा मनग्य लाभ रहनेछ। भाग्यको साथ मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सानो प्रयासले पनि सफलता हात लाग्नेछ। व्यापारिक क्षेत्र सफल रहनेछ। समय र अवस्था अनुसार आफूलाई परिचालन गर्नुहोस्। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग खैरे हो भने शुभ अंक ८ रहेको छ।

Attariya Hospital

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सबै कुरा आफ्नो अनुरूप नहोला। मनमा हल्का दुविधा आउन सक्ला। कार्यक्षेत्रमा धैर्यताले अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परिवारसँग समय बिताउने मौका मिल्नेछ। लगनशीलताले सकारात्मक परिणाम मिल्नेछ। नौकरी वा पेशामा प्रतिभालाई प्रदर्शित गर्ने मौका मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आजको दिन सम्भावना वा चुनौती दुबै लिएर आउनेछ। आलोचकहरूबाट संयमित रहनुपर्छ। अनावश्यक धन खर्च गर्न जोगिनुहोस्। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ५ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पुरानो कुरालाई लिएर मन डुल्न सक्छ। कार्यक्षेत्रमा ध्यान केन्द्रित गर्न गाह्रो रहनेछ। आर्थिक पक्ष सामान्य रहनेछ। आध्यात्मतर्फ नयाँ विचारको सृजना हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) विचारमा स्थिरता राखेर अगाडि बढ्नु लाभदायी रहनेछ। प्रतिष्ठित व्यक्तिसँग सम्पर्क हुने योग छ। व्यवसायिक पक्षमा सुधार आउनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ९ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पारिवारिक सुख वा समृद्धिमा कमी आउनेछ। क्रमबद्ध तरिकाले सबै कुराहरू मिल्दै जानेछ। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। अरुका लागि बुद्धि वा श्रम खर्च गर्नुपर्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

हाम्रो पात्रो बाट