सुदूरपश्चिम “साक्षर प्रदेश” घोषणा, चौथो प्रदेशको रूपमा ऐतिहासिक उपलब्धि

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशलाई “साक्षर सुदूरपश्चिम प्रदेश” को रूपमा औपचारिक रूपमा घोषणा गरिएको छ। प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सामाजिक विकास मन्त्रालयद्वारा धनगढीमा आयोजित विशेष समारोहमा सो घोषणा गर्नुभयो।

CP Hospital Dhangadhi

घोषणासभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले वर्तमान विश्व सूचना, प्रविधि र वैज्ञानिक युगमा प्रवेश गरिसकेको भन्दै सोही अनुरूपको शिक्षा प्रणाली अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो। साथै, सुदूरपश्चिमको शैक्षिक अवस्था सुधार गर्न प्रदेश सरकार गम्भीर रूपमा लागिपरेको बताउनुभयो।

nawajiwan
Attariya Hospital

यो घोषणा ८८ वटा स्थानीय तहमा गरिएको साक्षरता सर्वेक्षण तथा शिक्षा विकास निर्देशनालय र साक्षरता अभियान प्रदेश समन्वय समितिको प्रतिवेदनका आधारमा गरिएको हो। प्रतिवेदनअनुसार १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षर भइसकेका छन्।

यसअघि सुदूरपश्चिमका सबै ९ जिल्लाहरू क्रमशः साक्षर घोषित भइसकेका थिए। अब सुदूरपश्चिम, बाग्मती, गण्डकी र कोशीपछि साक्षर प्रदेश बन्ने चौथो प्रदेश बनेको छ।