ग्लोबल आइएमई बैंक लम्कीका शाखा प्रमुख कार्यालयमै कुटिए, एक पक्राउ

Image
Nisarga Hospital

ग्लोबल आइएमई बैंक लम्कीका शाखा प्रमुख हरिचन्द्र भट्ट कार्यालमै कुटपिटमा परेका छन्। बिहीबार कार्यालय समयमा शाखा प्रमुख भट्टमाथि आक्रमण भएको हो।

CP Hospital Dhangadhi

भट्टले इलाका प्रहरी कार्यालय लम्कीमा उजुरी दिएका छन्, जसपछि आरोपी अमित भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ।

बैंकर्स क्लब लम्कीले घटनाप्रति आपत्ति जनाउँदै ध्यानाकर्षण पत्र सार्वजनिक गरेको छ। क्लबले कार्यालय समयमै बैंकका कर्मचारीमाथि गालीगलौज र कुटपिट हुनु दुर्भाग्यपूर्ण भएको बताएको छ।

nawajiwan
Attariya Hospital

“कर्मचारीमाथि कुटपिट हुनु स्वतन्त्र रूपमा काम गर्न पाउने अधिकारमाथि हस्तक्षेप हो,” क्लबले भनेको छ, “घटनामा संलग्नलाई कानुनी कारबाही होस् भन्ने हाम्रो माग छ।”

क्लबले कर्मचारीको सुरक्षामा ख्याल राख्न र यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकायसँग माग गरेको छ।