गोदावरी–४ बेलपानीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १०४ जनाले लिए सेवा

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका–४ स्थित बेलपानी गाउँघर क्लिनिक केन्द्रमा आयोजित निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट १०४ जनाले सेवा लिएका छन्। शिविरमा ४५ जना पुरुष र ५९ जना महिलाले विभिन्न स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्राप्त गरेका हुन्।

CP Hospital Dhangadhi

गोदावरी नगरपालिकाका नगरप्रमुखको निर्णयअनुसार दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरी स्वास्थ्य शाखाको आयोजनामा शिविर सञ्चालन गरिएको हो। शिविरमा स्त्री रोग, हाडजोर्नी, जनरल सर्जरी, जनरल मेडिसिन लगायतका सेवा उपलब्ध गराइएको थियो।

nawajiwan

नगरपालिका स्वास्थ्य शाखाका प्रमुख नवराज अवस्थीका अनुसार शिविरमा जनरल फिजिसियन, हाडजोर्नी तथा नसा रोग, स्त्रीरोग विशेषज्ञमार्फत स्वास्थ्य परीक्षण, प्रयोगशाला सेवा, गर्भवती महिलाका लागि निःशुल्क अल्ट्रासाउन्ड, पाठेघरको मुखको क्यान्सर र प्रजनन स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि वितरण जस्ता सेवा प्रदान गरिएको हो।

Attariya Hospital

शिविरको उद्घाटन गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीले गरेका हुन । शिविरमा सेती प्रादेशिक अस्पतालका गाइनोक्लोजिस्ट डा. कोमल शाह, गेटा अस्पतालका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. मोहन चन्द्र जोशी, जनरल फिजिसियन डा. गणेश फुलारा, गोदावरी नगरपालिका स्वास्थ्य शाखाको टोली र मालाखेती अस्पतालका नर्सिङ कर्मचारीको सक्रिय सहभागिता रहेको थियो।

स्वास्थ्य शाखाका अनुसार शनिबार गोदावरी–१२ को कोल्मुडा स्वास्थ्य केन्द्रमा र आइतबार गोदावरी–४ को हाटखोली स्वास्थ्य केन्द्रमा थप शिविर सञ्चालन हुने छ।