विश्व हिन्दु परिषदले गरेको रक्दातदान कार्यक्रममा ७० जनाले गरे रक्तदान

Image
Nisarga Hospital

विश्व हिन्दू परिषद नेपाल सुदूरपश्चिम प्रदेशले आयोजना गरेको रक्तदान कार्यक्रममा ७० जनाले रक्तदान गरेका छन । शनिवार धनगढीमा गरेको रक्तदानमा ६२ जना पुरुष तथा ८ जना महिला गरि जम्मा ७० जनाले रक्तदान गरेका हुन । सेती प्रादेशिक अस्पतालका डा दुर्गा पण्डितले समेत रक्तदानमा सहभागिता जनाएका थिए ।
थर्ड आई केरियर सेन्टर ,मालिकार्जुन कम्युटर आई टी,लगायतका संस्था तथा विश्व हिन्दू परिषदका कार्यकर्ता लगायत अन्यसंघ संस्थाका प्राज्ञिक विद्यार्थी परिषद,जनकल्याण प्रतिष्ठान एकल बिध्यालय अभियान कञ्चनपुर, कैलाली, डोटी, दार्चुला बझाङ्ग घर भएका रक्तदाताहरुले रक्तदान गरेका थिए । विश्व हिन्दू परिषद नेपाल सुदूरपश्चिम प्रदेशले गत बर्ष भदौ २९ गते प्रथम बृहत् रक्तदान यसै ठाँउमा सम्पन्न गरेको थियो ।

CP Hospital Dhangadhi
Attariya Hospital