रन्जिता आरती द्वारा जन्मदिनमा २५ विद्यार्थीलाई शैक्षिक झोला वितरण

Image
Nisarga Hospital

 कैलाली: कैलालीको गौरीगंगा नगरपालिका–९, शंकरपुरस्थित महादेव माध्यमिक विद्यालयमा अध्ययनरत २५ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहितको झोला वितरण गरिएको छ। उक्त कार्यक्रम रन्जिता आरती द्वारा जन्मदिनमा विद्यालयमा आयोजित गरिएको हो।

CP Hospital Dhangadhi

विदेशमा रहनु भएकी सामाजिक अभियन्ता रञ्जिता आरतीको जन्म दिनमा भएको झोला वितरण कार्यक्रम हेमा श्री फाउन्डेसनका कार्यबाहक अध्यक्ष हेमन्त बाजे र कोषाध्यक्ष लक्ष्मी बोगटी कुँवरको रोहबरमा सम्पन्न भएको हो।

nawajiwan
Attariya Hospital

“जन्मदिनमा भोज भतेरमा लाखौं खर्च गर्नुको सट्टा विद्यार्थीसँग खुसी साट्नु राम्रो लाग्यो,” रञ्जिता आरतीले भनिन्। रोजगारीका सिलसिलामा देशबाहिर रहेकी रञ्जिताले जन्मदिनको अवसरमा विद्यालयका गरीब, जेहेन्दार र अति विपन्न परिवारका विद्यार्थीलाई झोला वितरण गर्न पाउँदा आफू अत्यन्तै खुसी भएको प्रतिक्रिया दिएकी छन्।

कार्यक्रममा विद्यालयका संस्थापक सदस्य चक्र कलेल, शिवशुन्दर सामुदायिक वन समूहका अध्यक्ष बलबहादुर बोहरा, विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्य मानबहादुर पुन, शिक्षक–शिक्षिका, अभिभावक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

झोला वितरण कार्यक्रममा बोल्दै वक्ताहरूले यस्तो सामाजिक भावना सबैमा विकास भएमा शिक्षामा उल्लेखनीय प्रगति हुने बताएका थिए। उनीहरूले रञ्जिताको यो पहललाई उदाहरणीय कदम भन्दै विद्यार्थीहरूलाई अध्ययनप्रति थप प्रेरणा मिल्ने उल्लेख गरे।