बुधबारका विशेषता: यो दिनको पूजापाठले सुख, शान्ति र समृद्धि ल्याउँछ

Image
Nisarga Hospital

हिन्दू परम्पराअनुसार सातै दिन कुनै न कुनै देवी–देवतासँग सम्बन्धित मानिन्छन्। तीमध्ये बुधबारलाई विशेष महत्वका साथ मनाइन्छ, जसलाई ‘बुध ग्रह’ को प्रभावसँग जोडिएको दिन मानिन्छ।

CP Hospital Dhangadhi
Attariya Hospital

बुधबार विशेषगरी भगवान् कृष्णको अवतार विठ्ठल देवको पूजा गर्ने चलन छ। यस दिन तुलसी पत्र चढाएर विधिपूर्वक पूजा गरेमा जीवनमा शुभ फल प्राप्त हुने विश्वास गरिन्छ। नयाँ कार्य सुरु गर्न पनि बुधबारलाई अत्यन्तै शुभ दिन मानिन्छ।

धार्मिक मान्यताअनुसार यस दिन व्रत बसेर भगवान् कृष्णको आराधना गर्ने व्यक्तिले आफ्नो मनोकामना पूरा गर्न सक्छन्। केही धार्मिक कर्मले त जीवनभर सकारात्मक प्रभाव पार्ने जनविश्वास छ।

बुधबार गरिने विशेष कार्यहरू:

  • गाईलाई हरियो घाँस खुवाउने: हिन्दू धर्ममा गाईलाई देवी सरस्वतीको स्वरूप मानिन्छ। बुधबार गाईलाई हरियो घाँस अर्पण गर्दा समस्त देवी–देवताको आशीर्वाद प्राप्त हुने जनविश्वास छ।

  • मुंग दालको दान: बुधबार मुंगको दाल दान गर्नाले पीडा र बाधा टाढा हुने धार्मिक शास्त्रमा उल्लेख छ।

  • गणेशलाई सिन्दूर चढाउने: यस दिन गणेश भगवानलाई सिन्दूर अर्पण गर्दा चिताएको कार्य सफल हुने भनाइ छ।

  • लड्डु अर्पण: जिनको जन्मकुण्डलीमा बुध ग्रह कमजोर वा अशुभ छ, ती व्यक्तिहरूले बुधबार गणेशलाई लड्डु चढाउँदा लाभ मिल्ने विश्वास गरिन्छ।

धार्मिक अनुशासन अनुसार बुधबार गरिने यस्ता पूजाआजा, व्रत र दानले पारिवारिक सुख, आर्थिक समृद्धि र मानसिक शान्ति प्राप्त हुने भनिन्छ।