बेङ्गलोर पठाइदिन्छु भन्दै टिकट काट्ने व्यक्ति फरार, बझाङका १० युवा धनगढीमा अलपत्र

Image
Nisarga Hospital

धनगढीबाट बेंगलोर जाँदै गरेका बझाङका १० जना युवा दुर्गा भवानी टुर एण्ड ट्राभल्समार्फत टिकट काटेपछि ठगिएका छन्। टिकट काट्ने जिम्मा लिएका दिनेश बोहरा नामका व्यक्ति फरार भएपछि उनीहरू धनगढीमा अलपत्र परेका हुन्।

CP Hospital Dhangadhi

बोहराले “मेरो होटल हो” भन्दै युवाहरुलाई राखेका थिए तर सो होटल अर्कैको भएको थाहा पाएपछि यात्रुहरूले आफू ठगिएको महसुस गरेका छन्। गाडी नम्बरसहित सबै व्यवस्था गरिदिन्छु भन्दै गएको बोहरा बिहान ७ बजेदेखि सम्पर्कविहीन छन्।

Attariya Hospital

अलपत्र यात्रुहरू अहिले प्रहरीको सम्पर्कमा पुगेका छन्। प्रहरीले फरार व्यक्तिको खोजी कार्य जारी रहेको र पक्राउपछि उचित कारबाही गरिने जनाएको छ। यात्रुहरूलाई तत्कालका लागि दिनेश बोहराले नै राखेको होटलमा बस्ने र खाने व्यवस्था मिलाइएको जनाइएको छ।

nawajiwan