सुदूरपश्चिम प्रदेशको ३३ अर्बको बजेट सर्वसम्मतिले पारित

Image
Nisarga Hospital

अत्तरिया: सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको ३३ अर्ब ४७ करोड रुपैयाँ बराबरको बजेट प्रदेश सभा बैठकले सर्वसम्मतिले पारित गरेको छ।

CP Hospital Dhangadhi

बुधबार बसेको प्रदेश सभा बैठकमा दुई दिनसम्म बजेटमाथि छलफल भएपछि आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले बजेट कार्यान्वयनका लागि बनेको विधेयक प्रस्तुत गरेका थिए। सभामुख भीमबहादुर भण्डारीले ध्वनि मतका आधारमा विधेयक पारित भएको घोषणा गरेका हुन्।

Attariya Hospital

यसअघि छलफलका क्रममा सत्तापक्ष र प्रतिपक्ष दुवैका प्रदेशसभा सदस्यहरूले बजेटप्रति असन्तुष्टि जनाएका थिए। उनीहरूले योजना खरिद–बिक्रीमा बिचौलिया हावी भएको आरोप लगाउँदै छानबिनका लागि संसदीय समिति गठनको मागसमेत गरेका थिए।

nawajiwan

बजेटमाथि छलफलमा २७ जना प्रदेशसभा सदस्यले भाग लिएका थिए। यद्यपि अन्तिम निर्णयमा कसैले विरोध नजनाएपछि बजेट सर्वसम्मतिले पारित भएको हो।