ज्योतिषीका अनुसार आजका लागि यी ७ राशिका मानिसहरूको भाग्य चम्किदै छ भने बाँकीलाई सामान्य, अनि तपाईंको राशिलाई कस्तो छ त ? पढ्नुहोस् असार महिनाको २१ गते शनिबारका दैनिक राशिफल

Image
Nisarga Hospital

आज – २१ आषाढ २०८२ शनिवार को राशिफल

CP Hospital Dhangadhi

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साझेदारी व्यापारमा लाभ मिल्नेछ। दाम्पत्य जीवनलाई सुमधुर बनाउन सक्नुहुनेछ। महत्वकांक्षी योजनाहरूमा जीवनसाथीसँग सल्लाह लिनुहोला। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

nawajiwan

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कुनै संघ संस्थामा आबद्ध भइएला। लाभका नयाँ अवसरहरू प्राप्त हुनेछन्। सन्तानको सहयोगले व्यापार व्यवसायमा लाभ रहनेछ। घरमा कसैको आगमनले मन प्रसन्न रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा हजुरको खुट्टा तान्नेहरू बढ्नेछन्। व्यक्तिगत कुरामा सजग रहनुहोस्। व्यापार व्यवसायमा परिवारको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक मान प्रतिष्ठामा वृद्धि हुनेछ। आसमर्दो कार्य बन्नाले अरु कार्यप्रति उत्साह जाग्नेछ। आर्थिक गतिविधिको काममा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा पदोन्नतिको सम्भावना रहेको छ। नयाँ ठाउँबाट रोजगारको प्रस्ताव आउनेछ। चिताएका कार्यले गति लिनेछ। आफन्त र मित्रहरूसँग राम्रो व्यवहार राख्ने प्रयास गर्नुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) व्यावसायिक जीवनमा सुधार आउनेछ। भाग्यको साथले नयाँ कार्य प्रारम्भ गर्न सक्नुहुनेछ। आदर्श व्यक्तिहरूसँग सहकार्यको नयाँ अनुभव मिल्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

Attariya Hospital

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नौकरी वा पेशामा आफ्नो कुरालाई स्पष्ट रुपमा राख्नुहोस्। मन चञ्चल रहनेछ। कार्यक्षेत्रमा सहयोगीहरूबाट राम्रो सहयोग प्राप्त हुनेछ। कुनै कुराले आकस्मिक लाभ होला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक १ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सकारात्मक सोचको साथ कार्य गर्नुहोस् सफलता मिल्नेछ। पुराना कुरालाई लिएर घरपरिवारमा वादविवादको सम्भावना देखिएको छ। माताका कुरालाई प्राथमिकता दिनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक 2 रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सबैतिरबाट अपेक्षित साथ र सहयोग पाइएला। संगीत र कलाको क्षेत्रमा रुचि बढ्नेछ। बोलीद्वारा कार्य सिध्द गर्न सक्नुहुनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ४ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) समयको सदुपयोग गर्नुहोला। नयाँ कार्य प्रारम्भ गर्नको लागि उपयुक्त समयको प्रतीक्षा गर्नुहोस्। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। विद्यार्थीहरूलाई नयाँ कुरा सिक्ने मौका मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सफल यात्राका योग छन्। नयाँ व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। आफन्तहरूसँग रमाइलो समय व्यतीत हुनेछ। प्रतिस्पर्धामा सफल भइनेछ। सेवामूलुक कामबाट लाभ प्राप्त होला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) राजनीतिक र प्रशासनिक क्षेत्रमा बाधा आउनेछ। घर परिवारबाट सोचेजस्तो सहयोग नमिल्ला। सवारी साधन चलाउँदा सावधान रहनुहोला। बोल्दाखेरि शब्द चयनमा ध्यान दिनुहोस्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।

हाम्रो पात्रो बाट