
महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा आगामी साउन १४ गते स्ववियू (स्ववियु) निर्वाचन हुने भएको छ।

विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टका अनुसार क्याम्पसमा स्ववियू निर्वाचन गर्ने निर्णय भएको हो। उनले असार ३० गतेभित्र भर्ना हुन बाँकी सम्पूर्ण निकायमा विद्यार्थीहरूलाई भर्ना गराउने निर्णय समेत गरिएको जानकारी दिए।

यसअघि दुई पटक निर्वाचनको मिति तोकिए पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो। यसपटक भने तय मितिमा निर्वाचन सम्पन्न गराउने तयारी भइरहेको विश्वविद्यालय प्रशासनले जनाएको छ।
































