गोदावरी- १ मा स्वस्थ परिवार–स्वस्थ समुदायका लागि जनचेतना कार्यक्रम सम्पन्न

Image
Nisarga Hospital

अत्तरियाः “स्वस्थ परिवार, स्वस्थ समुदाय” नारासहित गोदावरी नगरपालिकामा एक जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। राष्ट्रिय ख्रिष्टियन मण्डली महासंघ, नेपालद्वारा आयोजना गरिएको सो कार्यक्रम गोदावरी नगरपालिका–१ स्थित मिलाप बप्तिस मण्डलीमा सम्पन्न भएको हो। कार्यक्रममा सह–आयोजकको रूपमा मिलाप सेवा नेपालको सक्रिय सहभागिता रहेको थियो।

CP Hospital Dhangadhi

२०८२ असार २२ गते सम्पन्न कार्यक्रममा सभाध्यक्ष देवराज भट्टको सभापतित्वमा संचालित कार्यक्रममा प्रमुख अतिथिका रूपमा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट रहेका थिए । कार्यक्रममा नै वडा नं १ का अध्यक्ष तथा नगर प्रवक्ता गोपाल दत्त भट्ट, वडा सदस्य धन बहादुर कामी, मेरी मेडिकलका सञ्चालक तथा स्वास्थ्यकर्मी बलराम भट्ट, ख्रिष्टियन मण्डलीका सदस्यहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि र स्थानिय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो।

nawajiwan

Attariya Hospital

कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले आफ्नो सम्बोधनमा भने, “यस्ता कार्यक्रमहरूले समुदायमा सकारात्मक सोचको विकास गर्छन्। जनचेतना बढाउँछन् र स्वस्थ समाज निर्माणमा टेवा पुर्‍याउँछन्। नगरपालिकाले यस प्रकारका जनहितका कार्यहरूलाई सधैँ प्रोत्साहन र साथ दिँदै आएको छ, आगामी दिनमा पनि हाम्रो साथ निरन्तर रहनेछ।”

वडा अध्यक्ष गोपाल दत्त भट्टले भने, “वडाभित्र रहेका धार्मिक संस्था र समुदायले समाजसेवामा खेलेको भूमिका प्रशंसनीय छ। यस्तो सहकार्यबाट समाजमा सशक्तिकरण र एकता प्रवर्द्धन हुन्छ।”

कार्यक्रममा स्वास्थ्यकर्मी बलराम भट्टले व्यक्तिगत सरसफाइ, औषधिको सावधानीपूर्ण प्रयोग, वातावरणीय स्वच्छता तथा रोग प्रतिरोधात्मक उपायहरूबारे उपस्थितलाई जानकारी गराउँदै स्वास्थ्यप्रति सचेत रहन आग्रह गरे।