
अछामः अछाम जिल्लाको गोपघाट, ओलीगाउँ वर्षामापन केन्द्र तथा आसपासका क्षेत्रमा पछिल्ला तीन घण्टामा हल्का देखि मध्यम वर्षा मापन गरिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार बिहान ४ बजेसम्मको अवधिमा लगातार वर्षा मापन गरिएको हो। विभागले सम्भावित थप वर्षाको पूर्वानुमान गर्दै सो क्षेत्र हुँदै बग्ने साना खोलानालामा आकस्मिक बहाव बढ्न सक्ने जनाएको छ।

विभागले बाढी, पहिरो र अन्य प्राकृतिक विपद्को जोखिमलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन स्थानीयवासी तथा सरोकारवालाहरूलाई आग्रह गरेको छ।































