
अत्तरिया: हुलाक सेवा निर्देशनालय कैलालीले मंगलबार सञ्चार उद्यमी र सञ्चारकर्मीसँग हुलाक सेवा प्रवाह सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ ।

कार्यक्रममा हुलाक निर्देशनालयका निर्देशक गोविन्दप्रसाद पाण्डेले हुलाक सेवा प्राह सम्बन्धी प्रस्तुतिकरण गरका थिए । उनले पछिल्लो समय सूचना प्रविधिको विकास भएपनि हुलाकको प्रभावकारिता अझै रहेको बताए । उनले संघीयतापछि देशमा सात प्रदेशमा सात वटा हुलाक निर्देशनालय र ७५३ वटै स्थानीय तहमा स्थानीय हुलाक कार्यालय रहेको बताए ।

त्यस्तै उनले हुलाक कार्यालयले टिकट मार्फत देशका विभिन्न कला संस्कृतिको अन्तरर्राष्ट्रिय स्तरसम्म प्रचारप्रसार समेत गर्दै आएको बताए । उनले लोककल्याणकारी विज्ञापनको भुक्तानीका लागि समयमै बिल नआउँदा समस्या हुने गरेको बताउँदै बर्गिकृत सञ्चार माध्यमलाई तोकिएको समयभित्रै बिल उपलब्ध गराउन आग्रह गरे ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव डा. बीरेन्द्रकुमार मिश्रले हुलाक सेवाको इतिहास लामो भएको बताए । उनले हुलाकको आवश्यकता अझै रहेको बताउँदै हुलाक सेवालाई समयानुसार अझै परिस्कृत गर्दै लैजानुपर्ने बताए । कार्यक्रममा विभिन्न सञ्चार माध्यममा आवद्ध सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
































