ज्योतिषीका अनुसार आजका लागि यी ७ राशिका मानिसहरूको भाग्य चम्किदै छ भने बाँकीलाई सामान्य, अनि तपाईंको राशिलाई कस्तो छ त ? पढ्नुहोस् असार महिनाको २५ गते बुधबारका दैनिक राशिफल

Image
Nisarga Hospital

आज – २५ आषाढ २०८२ बुधवार को राशिफल

CP Hospital Dhangadhi

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धर्म कर्म तर्फ मन लाग्नेछ। मेहनत अनुसार भाग्यले साथ दिनेछ। आवश्यक पर्दा सहयोगीहरूले साथ दिनेछन्। आर्थिक पक्ष सबल रहनेछ। स्वास्थ्यले सबल रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।

nawajiwan

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यापार व्यवसायमा अनुभवी र दक्ष व्यक्तिहरूको सहयोग मिल्नेछ। जीवन साथीसँग वैचारिक मतभेद रहनेछ। कार्यक्षेत्रमा नयाँ कार्यको योजना बन्नेछ। यात्रा लाभदायी रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सन्तान पक्षबाट सुभ सूचना मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। प्रतिपक्षीहरू पनि हजुरको लगनशीलताले सहयोगी बन्नेछन्। रोकिएका कामको थालनी हुनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रयत्न गर्दा अप्ठ्यारा चुनौतीहरू पनि सजिलै सम्पादन हुनेछन्। गृहिणीहरू घरेलु कामकाजमा जुट्नुपर्ला। टाढिएका साथीभाइहरूसँग आकस्मिक भेटका योग छन्। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धेरै बोल्दा गोपनीयता बाहिर निस्किन सक्ला सचेत रहनुहोस्। आलोचकहरूलाई बोलीले भन्दा व्यवहारले समेट्ने प्रयास गर्नुहोला। शुभचिन्तकहरूको राम्रो साथ पाइनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। योजनाहरूमा पुनर्विचार गर्ने समय रहेको छ। भविष्यलाई लिएर योजना कोरिनेछ। लोकाचारका लागि फजुलखर्च गर्नबाट बच्नुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ७ रहेको छ।

Attariya Hospital

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मेसो नमिल्दा कार्य क्षेत्रमा पछाडि परिनेछ। कार्यक्षेत्रमा व्यस्तता बढ्नुका साथै शरीरमा कमजोरीको अनुभूति हुनेछ। सफलताको लागि संघर्ष गर्नुपर्ला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा चिताएको काम बन्नाले धन लाभ हुनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ। आस देखाउनेहरूबाट सावधान रहनुहोला। सवारी साधन चलाउँदा सावधान रहनुहोस्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) साहसिक काम गरेर लाभ लिन सकिनेछ। व्यापार व्यवसायमा घरपरिवारबाट सहयोग मिल्ला। दोहोराएर प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ३ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) श्रमको उचित मूल्यांकन मिल्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। पारिवारिक सद्भावमा वृद्धि हुनेछ। छोटो समयमा राम्रो उपलब्धि हात लाग्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा विभिन्न अवसर प्राप्त भएतापनि कार्यसम्पादनमा समय लाग्नेछ। दिगो योजना प्रारम्भ गर्नको लागि ऋण लिनुपर्ला। स्वास्थ्यको लागि खानपानमा सजग रहनुहोला। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। नयाँ कार्य प्रारम्भ गर्नको लागि उपयुक्त समय रहेको छ। अधिकारी वर्गहरूबाट प्रशंसा पाइनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

हाम्रो पात्रो बाट