सुक्खा बन्दरगाह निर्माणतर्फ ठोस प्रगति : १५९३ रुखको कटानी सम्पन्न

Image
Nisarga Hospital

दोधारा–चाँदनीमा निर्माण हुन लागेको सुक्खा बन्दरगाहको लागि आवश्यक १,५९३ रुख कटानीको काम सम्पन्न भएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गतको गौरीशंकर सामुदायिक वनमा रहेको ४१ हेक्टर क्षेत्रफलमा पूर्व निर्धारित १,७०२ रुख काट्ने योजना भए पनि १०९ रुख चोरी भएकाले कटानी संख्या घटाइएको हो। चोरी रोक्न कटान गरिएका काठहरू निकुञ्जको पिपरैया पोस्टमा सुरक्षासहित राखिएको छ।

CP Hospital Dhangadhi

इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार अब सुक्खा बन्दरगाह निर्माण प्रक्रिया अघि बढ्नेछ। ठेक्का पाएको निर्माण कम्पनीले सर्भेको काम सुरु गरिसकेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत परराष्ट्र मन्त्रालयले भारतसँग पत्राचार गरेपछि संयुक्त रूपमा शिलान्यास गरिने र निर्माण कार्य तीव्र रूपमा अघि बढ्ने जनाइएको छ।

Attariya Hospital

भारतले तीन अर्ब ८० करोड रुपैयाँमा ठेक्का सम्झौता गरिसकेको परियोजना तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। बन्दरगाहसँगै महाकाली नदीमा चार लेनको पक्की पुल, ८ किलोमिटर ६ लेनको पहुँचमार्गसहित पूर्वाधार निर्माण भइसकेको छ।

nawajiwan

सुक्खा बन्दरगाह निर्माणसँगै व्यापारिक आवागमनमा वृद्धि हुने स्थानीयको अपेक्षा छ। डीपीआर अनुसार गोदाम, भन्सार, सुरक्षा पोस्ट, क्वारेन्टिन र लोड-अनलोड सेड निर्माण गरिनेछ। समितिले कार्यालय स्थापना गरी कर्मचारी परिचालनको तयारी पनि गरिरहेको छ।