कैलालीमा अटोको ठक्करबाट पैदल यात्रीको मृत्यु

Image
Nisarga Hospital

कैलालीमा अटोको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका–६ स्याउलेस्थित अटोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अर्की घाइते भएकी छन्।

CP Hospital Dhangadhi

बुधबार साँझ करिब ८ बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको म १ ह ८५८ नम्बरको अटोले सोही दिशा हुँदै हिँड्दै गरेकी पैदल यात्री ५५ वर्षीया लक्ष्मी ढुङगाना र २२ वर्षीया मिना ढुङगानालाई पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ।

Attariya Hospital

घटनापछि गम्भीर घाइते भएका दुवै जनालाई तत्कालै भल्का अस्पताल, लम्की हुँदै कोहलपुरस्थित मेडिकल कलेज लगिएको थियो। उपचारको क्रममा राति १० बजेर २० मिनेटमा लक्ष्मी ढुङगानाको मृत्यु भएको र मिना ढुङगानाको कोहलपुरमै उपचार जारी रहेको प्रहरीले जनाएको छ।

nawajiwan

घटनामा संलग्न अटो र चालक २३ वर्षीय हेमन्त जोशीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।