टीकापुरमा करेन्ट लागेर युवकको मृत्यु

Image
Nisarga Hospital

कैलालीको टीकापुर नगरपालिका–९ पायलगाउँमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। बिहीबार २२ वर्षीय धुरु लुहारको करेन्ट लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

CP Hospital Dhangadhi

प्रहरी नायब उपरीक्षक नविन राजा बुढाथोकीका अनुसार लुहारलाई घरभित्रको टिनको छानाबाट करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि टीकापुर अस्पताल लगिएको थियो।

Attariya Hospital

तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

nawajiwan