सुदूरपश्चिम विश्वविद्यालयमा अनुसन्धान व्यवस्थापन इकाइ स्थापना

Image
Nisarga Hospital

अत्तरिया: सुदूरपश्चिम विश्वविद्यालयको शिक्षाशास्त्र विभागमा बिहीवार अनुसन्धान व्यवस्थापन इकाइ स्थापना गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारको १० लाख रुपैयाँको आर्थिक सहयोगमा उक्त इकाइ स्थापना गरिएको हो।

CP Hospital Dhangadhi

गुरुपूर्णिमाको अवसरमा आयोजित विशेष समारोहमा सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले उक्त इकाइको उद्घाटन गरेका हुन्।

कार्यक्रममा बोल्दै पूर्वमुख्यमन्त्री रावलले परम्परागत शिक्षण पद्धतिलाई नवप्रवर्तनयुक्त आधुनिक प्रणालीसँग जोड्न र नीति निर्माणका लागि आवश्यक तथ्यगत अनुसन्धानलाई संस्थागत गर्न यो इकाइ प्रभावकारी हुने बताए।

nawajiwan
Attariya Hospital

उनले अनुसन्धानमैत्री वातावरण निर्माणमा इकाइले दीर्घकालीन योगदान दिने विश्वास व्यक्त गरे। इकाइ सञ्चालनका लागि स्मार्ट बोर्ड, ल्यापटप, कम्प्युटर, कुर्सी, टेबलजस्ता सामग्री प्रदेश सरकारबाट प्राप्त बजेटमार्फत खरिद गरिएको हो।

यसअघि, अघिल्लो आर्थिक वर्षमा व्यवस्थापन संकायमा आईसीटी ल्याब स्थापना गरिएको थियो भने आगामी आर्थिक वर्षमा विश्वविद्यालयमा अनुसन्धान केन्द्र स्थापनाका लागि समेत बजेट व्यवस्था गरिएको जानकारी दिइएको छ।