
अत्तरिया : कञ्चनपुरको बेदकोट नगरपालिका–१० त्रिपुरा मन्दिर नजिकै सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ करिब ८ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लुप्र ०३–००१ प २८५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका थिए ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक शुक्लाफाँटा नगरपालिका–१० निवासी ३८ वर्षीय ललित राज जोशीलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको थियो ।

तर, उपचारको क्रममा राति ८ बजेर ३५ मिनेटमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।































