ज्योतिषीका अनुसार आजका लागि यी ७ राशिका मानिसहरूको भाग्य चम्किदै छ भने बाँकीलाई सामान्य, अनि तपाईंको राशिलाई कस्तो छ त ? पढ्नुहोस् असार महिनाको २९गते आईतबारका दैनिक राशिफल

Image
Nisarga Hospital

आज – २९ आषाढ २०८२ आइतवार को राशिफल

CP Hospital Dhangadhi

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायमा नयाँ निवेशको लागि विचार गर्ने समय रहेको छ। सरकारी नोकरीमा पदोन्नतिका संकेत देखिएका छन्। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ३ रहेको छ

nawajiwan

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) गोप्य शत्रुहरूले आशा देखाएर दुःख देलान्। प्रतीक्षित नतिजा कमजोर रहेको छ। लक्ष्यमा पुग्नको लागि निकै संघर्ष गर्नुपर्ला। समयको महत्वलाई बुझेर कार्य गर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा संघर्षको राम्रो परिणाम मिल्नेछ। व्यापार व्यवसायमा हत्तार गरेर लिएको विवादास्पद निर्णयहरूले समस्या निम्त्याउन सक्छ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोस्। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ६ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) पारिवारिक सहयोग जुट्नाले अप्ठ्यारा परिस्थितिलाई पनि सजिलै बनाउन सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) तारिफ योग्य कार्य गर्दै अरूको विश्वास जित्न सकिनेछ। कृषि वा घरेलु कामकाजमा बढी व्यस्त भइनेछ। छरछिमेकीसँग मनमुटाव सुल्झिनेछ। यात्रा रमाइलो रहनेछ। आजको शुभ र खैरो हो भने शुभ अंक ४ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) वैदेशिक यात्रालाई लिएर नयाँ अवसरहरू मिल्नेछन्। स्वास्थ्य कमजोर देखिएको छ सचेत रहनुहोस्। मनमा नकारात्मक विचार हावी हुनेछ। श्रमको उचित मूल्यांकन नमिल्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

Attariya Hospital

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नोकरी वा पेशामा अधिकारी वर्गहरुलाई प्रभावित पार्न सकिनेछ। अवसर र चुनौती दुवै एकसाथ मिल्नाले सावधानी पूर्वक कार्य गर्नुहोला। बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दाम्पत्य जीवन सुमधुर रहनेछ। साझेदारी व्यापारमा लाभ रहनेछ। आय आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। प्रशासनिक कार्यमा चुनौतीहरूको सामना गर्नुपर्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मनमा परोपकारको भावना जागृत हुनेछ। दुःख वा कष्टमा सन्तान सहयोगी हुनेछन्। सुन्दर पहिरवले व्यक्तित्वमा निखार आउनेछ। भौतिक वस्तुहरू जुटाउन सकिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) साहसिक कार्य गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। लगनशीलताले अप्ठ्यारा कार्यहरू पनि सजिलै सम्पादन हुनेछन्। भविष्यलाई लिएर नयाँ योजनाहरू कोरिने छन्। आजको शुभ रंग हो रातो हो भने शुभ अंक ८ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नोकरी वा पेशामा नयाँ दायित्व निर्वाहमा सफल भइनेछ। चिताएका कार्य सम्पादन हुनेछन्। शुभचिन्तकहरूको साथ मिल्नेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पुराना गरिएका निवेशहरूबाट लाभ उठाउन सकिनेछ। रोकिएको कार्यमा पुनःगति मिल्नेछ। गृहणीहरूको घरेलु कामकाजमा समय बित्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

हाम्रो पात्रोप बाट