प्रहरी सवार मोटरसाइकलको ठक्करबाट युवकको मृत्यु, झलारीमा महेन्द्र राजमार्ग अवरुद्ध

Image
Nisarga Hospital

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० निवासी ललित जोशीको प्रहरी सवार मोटरसाइकलको ठक्करबाट मृत्यु भएपछि स्थानीय आक्रोशित बनेका छन्। पीडित परिवार र स्थानीय बासिन्दाले दोषीमाथि कारबाही र क्षतिपूर्तिको माग गर्दै आइतवार बिहानदेखि झलारी क्षेत्रको महेन्द्र राजमार्ग अवरुद्ध गरेका छन्।

CP Hospital Dhangadhi

पीडित पक्षका अनुसार, ललित जोशीलाई ठक्कर दिने सवारी बागमती प्रदेश ८६ प ८७८७ नम्बरको मोटरसाइकल हो, जसमा धनगढीस्थित प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान सिद्धराज जोशी र अमित भट्ट सवार थिए।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका जोशीलाई उपचारका लागि लैजाने प्रयास गरिए पनि बाटोमै उनको मृत्यु भएको बताइएको छ।

nawajiwan
Attariya Hospital

आक्रोशित आफन्त र स्थानीयहरूले दोषी प्रहरीमाथि कडा कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै सडक खुलाउन अस्वीकार गरेका छन्।

“न्याय नपाएसम्म सडक खुल्दैन,” आन्दोलनरत स्थानीयको भनाइ छ।

घटनापछि सुरक्षालाई ध्यानमा राख्दै प्रहरीको थप टोली खटाइएको छ।
कञ्चनपुर प्रहरीले पीडित पक्षसँग छलफल जारी रहेको र स्थिति शान्त पार्ने प्रयास भइरहेकाे जनाएको छ।