सुदूरपश्चिममा दुई विधेयक प्रमाणीकरण

Image
Nisarga Hospital

कैलालीः सुदूरपश्चिम प्रदेशमा दुई विधेयक प्रमाणीकरण भएको छ ।

CP Hospital Dhangadhi

प्रदेश प्रमुख नजिर मियाँले आइतबार “आर्थिक वर्ष २०८२\०८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक”र “सुदूरपश्चिम प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक ” प्रमाणीकरण गरेका हुन् ।

Attariya Hospital

सुदूरपश्चिम प्रदेश सभाबाट पारित भएर शुक्रवार प्रमाणीकरणका लागि आएको विधेयक आवश्यक अध्ययन पछि आइतबार प्रमाणीकरण गरिएको प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साविर अलीले जानकारी दिए।
विधेयक प्रमाणीकरणपछि राजपत्रमा प्रकाशित हुने छ । त्यसलगत्तै ऐनका रूपमा कार्यान्वयन हुने छ ।

nawajiwan

आर्थिक वर्ष २०८२\०८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले प्रदेश सरकारलाई कानुनी आधारमा खर्च गर्न अनुमति दिने छ भने सुदूरपश्चिम प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकले बजेट, नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने कानुनी आधार तयार गर्ने छ