अत्तरियामा होटल लक्षित चोरीमा संलग्न समूह पक्राउ

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको अत्तरियामा होटलहरूमा लक्षित गरी चोरी गर्ने गिरोह पक्राउ परेको छ। इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले शनिबार बिहान अत्तरियाका विभिन्न स्थानबाट चोरीमा संलग्न पाँच जनालाई पक्राउ गरेको हो।

CP Hospital Dhangadhi

पक्राउ परेका व्यक्तिहरूमा डोटीको जोरायल गाउँपालिका–१० का ३५ वर्षीय अर्जुन बोहरा, दिपायल सिलगढी नगरपालिका–१ का २५ वर्षीय नरेश बोहरा र १८ वर्षीय भीम एर, कञ्चनपुरको शुक्लाफाँटा–५ का २० वर्षीय जयबहादुर बोहरा तथा डडेल्धुराको परशुराम–१० का १८ वर्षीय रमेश बोहरा छन्।

Attariya Hospital

उनीहरूले अत्तरियाका विभिन्न होटलबाट नगदसहित करिब ६ लाख रुपैयाँ बराबरको चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।

nawajiwan

प्रहरीका अनुसार, उनीहरूले दिनको समयमा खाजा खाने निहुँमा होटलमा प्रवेश गरी आसपासको जानकारी लिने र सिसी क्यामेरा भएको–नभएको जाँच गर्ने गर्थे। त्यसपछि रातको समयमा चोरी गर्ने रणनीति अपनाउने गरेका थिए।

पक्राउ परेका पाँचै जनामाथि आइतबार पाँच दिनको म्याद थप गराई अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।