कञ्चनपुरको कृष्णपुरमा आइसियुसहित सर्पदंश उपचार सेवा सञ्चालनको तयारी

Image
Nisarga Hospital

अत्तरिया : कञ्चनपुरको कृष्णपुर नगरपालिकाले स्वास्थ्य सेवामा महत्वपूर्ण पहल गर्दै सर्पदंश उपचारका लागि आइसियु सुविधा सहितको सेवा सञ्चालन गर्ने तयारी अघि बढाएको छ। नगरप्रमुख हेमराज ओझाले सोमबार ‘नागरिकसँग मेयर’ कार्यक्रममा बोल्दै उक्त सेवा आगामी आर्थिक वर्ष २०८२/०८३ देखि कृष्णपुर स्वास्थ्य चौकीमा सुरु गरिने जानकारी दिएका हुन्।

CP Hospital Dhangadhi

उनका अनुसार हरेक वर्ष सर्पदंशका कारण नागरिकको ज्यान गुमाउनु परेको घटनाबाट प्रेरित भई अत्याधुनिक उपचार सेवा सञ्चालन गर्न लागिएको हो। “सर्पदंशले धेरैले अकालमै ज्यान गुमाउनु परेको तथ्य छ,” उनले भने, “अबको वर्षदेखि आइसियुसहितको सुविधा ल्याउने तयारीमा छौं, जसले समयमै उपचार सम्भव हुनेछ।”

Attariya Hospital

कार्यक्रममा नगरप्रमुख ओझाले हाल नगरभित्र ९८ प्रकारका औषधि निःशुल्क उपलब्ध गराइएको, निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन भइरहेको तथा आकस्मिक अवस्थाका बिरामीलाई प्राथमिकता दिइने जानकारी समेत दिए। उनले नगरवासीको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै बजेट व्यवस्थापन, पूर्वाधार विस्तार तथा जनहितकारी सेवा प्रवाहमा नगरपालिका जुटिरहेको उल्लेख गरे।

nawajiwan

स्वास्थ्य सेवामा सक्रियता बढाउँदै आएको कृष्णपुर नगरपालिकाले सर्पदंश जस्ता जोखिमयुक्त स्वास्थ्य समस्या नियन्त्रण गर्न ठोस योजना अघि सारेको छ। यसले नगरवासीलाई ठूलो राहत मिल्ने विश्वास लिइएको छ।