अन्धविश्वास विरुद्ध फेरि उठ्नुपर्ने समय ! कहिले तोडिन्छ अन्धविश्वासको जरो ?

Image
Nisarga Hospital

कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला आउजी दमाईको सर्पदंशबाट मृत्यु भएपछि सुदूरपश्चिम प्रदेशमा अझै पनि जीवित रहेको छाउपडी कुप्रथा फेरि बहसको केन्द्रमा आएको छ। महिनावारीका कारण गोठमा बस्न बाध्य भएकी कमलाको मृत्युले अन्धविश्वासको चपेटामा परिरहेका महिलाहरूको पीडा उजागर भएको हो।

CP Hospital Dhangadhi

सुदूरपश्चिमका पहाडी जिल्लाबाट बसाइँसरि आएका परिवारले कैलाली–कञ्चनपुरमा समेत छाउगोठको परम्परा निरन्तरता दिँदै आएका छन्। प्रदेशभरि ७ हजार ५४५ छाउगोठ भत्काइए पनि व्यवहारमा अझै महिनावारीलाई अपवित्र मान्ने सोच हट्न सकेको छैन। कञ्चनपुरमै २३० छाउगोठ तोडिएको भए पनि दुई सयभन्दा बढी अझै बाँकी रहेको कृष्णपुर नगरपालिकाले जनाएको छ।

कमलाको मृत्युपछि कृष्णपुर नगरपालिकाले १५ दिनभित्र सबै छाउगोठ भत्काउने निर्देशन जारी गरेको छ। नगरप्रमुख हेमराज ओझाले गत वर्षदेखि छाउपडी विरुद्ध सचेतना अभियान सञ्चालन गरिएको बताउँदै भने, “हामी बालमैत्री वडा घोषणा गर्ने तयारीमा थियौं, तर यस्तो घटना हुँदा गम्भीर समीक्षा आवश्यक भयो।”

nawajiwan
Attariya Hospital

प्रदेश सरकारले कानुनी रुपमा छाउपडीलाई गैरकानुनी माने पनि समुदायमा यो सोच गहिरो जरा गाडेर बसेको छ। स्थानीय चम्फा बुढा भन्छिन्, “रितिरिवाज हटाउन सजिलो छैन, सुधार हुँदैछ तर पूर्णरूपमा मेटिन गाह्रो छ।”

कमलाको ज्यान गएकै छाउगोठमा अझै अरू चेली सुतिरहेका छन्, जसले अझै पनि परिवर्तनको तीव्र आवश्यकता औंल्याउँछ।