धनगढीका विद्यार्थीको शैक्षिक सुधार गर्न लायन्स क्लब अफ धनगढी सिटीको सहयोग

Image
Nisarga Hospital

अत्तरिया : कैलालीको धनगढी उपमहानगरपालिकाका विद्यार्थीको शैक्षिक सुधार कार्यक्रमलाइ लायन्स क्लब अफ धनगढी सिटीले सहयोग गरेको छ ।

CP Hospital Dhangadhi

धनगढी उपमहानगरपालिकाका ग्रामीण क्षेत्रका विद्यालयका विद्यार्थीहरूलाई पोसाक वितरण गर्न ७५ हजार सहयोग गरिएको हो । लायन्स क्लब अफ धनगढी सिटीको १५ औँ स्थापना दिवसको अवसरमा उपमहानगरपालिकालाई आर्थिक सहयोग गरिएको छ ।

Attariya Hospital

लायन्स क्लब अफ धनगढी सिटीको अक्षय कोषको रुपमा रहेको मोनास्मृति कोष र कौशलाकुमारी स्मृति कोषबाट सहयोग गरिएको क्लबले बताएको छ । लायन्स क्लब अफ धनगढी सिटीले विगतका वर्षहरूमा विद्यार्थीलाई उक्त कोषबाट सोझै रकम दिने गरेको थियो । तर, यो शैक्षिक सत्रमा भने उपमहानगरपालिकालाई रकम हस्तान्तरण गरिएको हो ।

nawajiwan

धनगढी उपमहानगरपालिकाले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्न विभिन्न संघ÷संस्थाहरूबाट हालसम्म ६४ लाख ४५ हजार सात सय ५० रुपैयाँ सहयोग रकम सङ्कलन गरेको बताएको छ ।