ज्योतिषीका अनुसार आजका लागि यी ७ राशिका मानिसहरूको भाग्य चम्किदै छ भने बाँकीलाई सामान्य, अनि तपाईंको राशिलाई कस्तो छ त ? पढ्नुहोस् असार महिनाको ३१ गते मंगलबारका दैनिक राशिफल

Image
Nisarga Hospital

आज – ३१ आषाढ २०८२ मंगलवार को राशिफल

CP Hospital Dhangadhi

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आर्थिक पक्ष सबल रहनेछ। स्वास्थ्यलाई लिएर सजग रहनुहोस् नत्र पेटसम्बन्धी समस्याले सताउला। घरभन्दा धेरै बाहिर समय बित्नेछ। विदेशतिरबाट नराम्रो सूचना मिल्न सक्छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

nawajiwan

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा मान प्रतिष्ठा बढ्नेछ। आर्थिक कारोबारमा नयाँ निर्णय लिनुभन्दा अघि जानकारको सल्लाह लिनुहोस। दाम्पत्य जीवनमा जीवनसाथीको सहयोग मिल्नेछ। प्रेम सम्बन्धमा विवाद सुल्झिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नोकरी वा पेशामा सोचेजस्तो सफलता मिल्नेछ। अविवाहितहरूको विवाह सम्बन्धी कुराकानी चल्नेछ। नयाँ कार्यमा सफलता मिल्नेछ। सहयोगी भावना विकशित हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफ्नो कुराले अरुलाई प्रभावित पारेर कार्य बनाउन सक्नुहुनेछ। व्यापारमा नयाँ अनुबन्धहरू सफलतापूर्वक सम्पादित हुनेछन्। जीवनसाथीसंग रमाइलो समय व्यतीत हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नोकरी वा पेशामा अप्ठ्यारा कामको सफलतापूर्वक नेतृत्व गर्नाले अधिकारिवर्गहरुबाट सम्मान पाइनेछ। व्यापार व्यवसायमा आयका नयाँ स्रोतहरू बन्नेछन्। आफ्नो खर्चमा नियन्त्रण राख्नुपर्ने हुन्छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सामाजिक स्तरमा हजुरको लोकप्रियता बढ्नेछ। विद्यार्थीहरूको अध्ययनमा समय व्यतीत हुनेछ। नोकरी वा पेशामा आफ्नो कार्यशैलीले सबैलाई प्रभावित पार्न सकिनेछ। समाजमा प्रतिष्ठा बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

Attariya Hospital

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ कार्यले दिनचर्यामा बदलाव लेर आउनेछ। साहस र उत्साहमा वृद्धि हुनेछ। नोकरीमा प्रभाव बढ्नेछ साथै नयाँ जिम्मेवारी पनि मिल्नेछ। सवारी साधनमा खर्चका योग छन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) भविष्यलाई लिएर अनावश्यक चिन्ता रहनेछ। महत्त्वपूर्ण कार्यहरूमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा संघर्षपूर्ण समय बित्नेछ। समयमा कार्यसम्पादन नहुनाले मन अप्रसन्न रहनेछ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। व्यापार व्यवसायमा आकस्मिक धनलाभ हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा कुनै प्रकारको जोखिम लिनबाट बच्नुहोस्। स्वास्थ्य सम्बन्धी समस्याबाट आराम मिल्नेछ। रोकिएका कार्यहरू सम्पादित हुनेछन्। नोकरी वा पेशामा कार्यको जग बसाउन सकिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) व्यापार व्यवसायमा सफलता मिल्नेछ। नँया अनुबन्धहरू लाभदायी रहनेछन्। छात्रहरूले पढाइमा एकाग्र हुनु आवश्यक रहेको छ। पारिवारिक सद्भाव बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) संगठित भएर कार्य गर्दा अप्ठ्यारा चुनौतीहरू पनि सजिलै सम्पादन गर्न सकिनेछ। व्यापार व्यवसायमा लाभ भएपनि खर्चमा वृद्धि हुनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ९ रहेको छ।

हाम्रो पात्रो बाट