पुर्जा पाए पनि अधिकार नपाएका मुक्त कमैया : सुदूरपश्चिम प्रदेश सभाको अनुगमन

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले मुक्त कमैयाको पुनःस्थापनामा देखिएको समस्याबारे मंगलबार स्थलगत अनुगमन गरेको छ।

CP Hospital Dhangadhi

गोदावरी नगरपालिका–१ अत्तरिया र जोशीपुर गाउँपालिका–३ रामनगरस्थित शिविरमा समितिले पुगी मुक्त कमैयाहरूको पीडादायी अवस्था अवलोकन गरेको हो।

अत्तरियाका २२ र रामनगरका ४८७ परिवारले वर्षौंअघि धनी पुर्जा पाए पनि ती पुर्जाको विवरण मालपोत कार्यालयमा दर्ता नभएको पाइयो। यसले उनीहरूलाई जग्गा कानुनी रूपमा उपयोग गर्न, धितो राख्न र ऋण लिनबाट रोकिएको छ।

nawajiwan
Attariya Hospital

फूलमित डगौंरा भन्छिन्, “श्रेस्ता खोज्न मन्त्रालयले भने पनि मालपोतले वडा सिफारिस भन्दै पन्छिन्छ।” रामनगरका गणेश डगौंराले कार्यालयबीच समन्वय नहुनु मुख्य समस्या भएको बताए।

पीडितले २०७७ सालदेखि कर तिरे पनि स्वामित्व नमानिँदा असुरक्षित बन्दै गएका छन्। समितिका सभापति धर्मराज पाठकले मालपोत प्रमुखसँग छलफल गरी समाधानको पहल गर्ने प्रतिबद्धता जनाएका छन्।