कैलालीको आमपानी झरना आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्दै

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको लम्की बजारदेखि करिब सात किलोमिटर उत्तर चुरे पहाडको फेदीमा रहेको आमपानी झरना पछिल्लो समय आन्तरिक पर्यटकबीच चर्चित गन्तव्य बनेको छ। मोहन्याल गाउँपालिका–७ मा पर्ने बर्गदा सामुदायिक वनभित्र झरनाको पूर्वाधार निर्माण भएपछि यहाँ पर्यटकको चाप उल्लेख्य रूपमा बढेको हो।

CP Hospital Dhangadhi

सुदूरपश्चिम प्रदेश सरकारको पर्यटन प्रवर्द्धन कार्यक्रम अन्तर्गत झरना व्यवस्थापनका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। परियोजना कार्यान्वयन इकाइका प्रमुख डबलबहादुर बोहोराका अनुसार, शान्त वातावरण, छोटो दूरी र प्राकृतिक सौन्दर्यले यस क्षेत्रको दीगो पर्यटन विकास सम्भव देखिएको छ।

झरना क्षेत्रमा नुहाउने पोखरी, पानी सञ्चय ट्याङ्की, फोहोरा, कपडा फेर्ने कोठा, शौचालय र पदमार्ग जस्ता पूर्वाधार बनाइएको छ। व्यवस्थापन र सुरक्षा कार्य बर्गदा सामुदायिक वनमार्फत भइरहेको छ।

nawajiwan
Attariya Hospital

सामुदायिक वनका सचिव ध्वजबहादुर शाहीका अनुसार शनिबार र सार्वजनिक बिदाका दिन झरनामा ५०० भन्दा बढी आन्तरिक पर्यटक पुग्ने गरेका छन्। अन्य दिनहरूमा दैनिक १०० जना हाराहारीको उपस्थिति रहने गरेको छ।

तर, पर्यटक बढेसँगै फोहोर व्यवस्थापन चुनौती बन्दै गएको छ। प्लास्टिक र सिसाका बोतल खुला रूपमा फालिँदा क्षेत्र प्रदूषित हुन थालेको छ। यस समस्याको समाधानका लागि टिकट प्रणाली लागू गर्ने तयारी गरिएको जनाइएको छ।

स्थानीयबासीका अनुसार, झरनाबाट उठ्ने आम्दानी वन संरक्षण, नयाँ पूर्वाधार निर्माण र स्थानीय रोजगारीमा टेवा पुग्नेछ। छोटो दूरीमै स्वाभाविक सुन्दरता खोज्नेका लागि आमपानी झरना अब नयाँ आशाको केन्द्र बनेको छ।