कैलालीको गौरीगंगामा नदीमा डुबेर दाजुभाइको मृत्यु

Image
Nisarga Hospital

अत्तरिया : कैलालीमा नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको गौरीगङ्गा नगरपालिकास्थित ११ नम्बरमा सुर्मा खोलामा आज (बिहिबार) डुबेर सहोदर दाजुभाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

CP Hospital Dhangadhi
Attariya Hospital

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी राजकुमार सिंहका अनुसार २५ वर्षका उमेश धामी र २० वर्षका प्रकाश धामीको नदीमा डुबेर मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमको लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

nawajiwan