पूर्वी भारतमा चट्याङले ३३ जनाको ज्यान गयो, दर्जनौँ घाइते

Image
Nisarga Hospital

पूर्वी भारतको बिहार राज्यमा मनसुनी आँधीका क्रममा परेको चट्याङका कारण कम्तीमा ३३ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।

CP Hospital Dhangadhi

भारतको विपद् व्यवस्थापन विभागले जारी गरेको विज्ञप्तिअनुसार बुधवार र बिहीबार परेको चट्याङ खुलेको स्थानमा रहेका किसान र मजदुरहरूलाई बढी प्रभावित पारेको छ।

राज्यका केही भागहरूमा अझै भारी वर्षा र चट्याङको सम्भावना रहेको भन्दै पटनाका अधिकारीहरूलाई सतर्कता अपनाउन निर्देशन दिइएको छ। विपद् व्यवस्थापन मन्त्री विजयकुमार मण्डलका अनुसार चट्याङको चेतावनीपछि आवश्यक सावधानी अपनाउन सम्बन्धित जिल्ला प्रशासनलाई सूचित गरिएको छ।

nawajiwan
Attariya Hospital

पटना सरकारले चट्याङबाट ज्यान गुमाउने परिवारलाई प्रति व्यक्ति ४० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ।

सन् २०२३ मा २७५ र सन् २०२४ मा हालसम्म २४३ जनाको चट्याङका कारण मृत्यु भइसकेको सरकारी तथ्यांकले देखाएको छ।

मनसुनको समयमा बिहारसहित भारतको पूर्वी क्षेत्र बाढी, आँधी र चट्याङको उच्च जोखिममा पर्ने गरेको र हरेक वर्ष लाखौँ मानिस विस्थापित हुने जनाइएको छ।