गौरीगङ्गामा प्रमुख प्रशासकीय अधिकृत कुटपिट, नगरप्रमुखका स्वकीय सचिवविरुद्ध किटानी जाहेरी

Image
Nisarga Hospital

कैलालीको गौरीगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीमाथि कार्यकक्षमै कुटपिट भएको घटनापछि नगरप्रमुख देवीदत्त कँडेलका स्वकीय सचिव तथा ज्वाइँ उमेश जोशीविरुद्ध किटानी जाहेरी दर्ता गरिएको छ।

CP Hospital Dhangadhi

प्रमुख प्रशासकीय अधिकृत जोशीले आफूलाई कार्यकक्षमै कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका हुन्। घटनापछि आरोपित उमेश फरार छन् भने उनलाई प्रहरीले खोजी गरिरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी रणबहादुर चन्दले जानकारी दिए।

Attariya Hospital

कुटपिटको घटनापछि नगरपालिका कर्मचारीहरू आक्रोशित भएका छन्। उनीहरूले दोषीमाथि तत्काल कानुनी कारबाही गर्न र सम्पूर्ण कर्मचारीको सुरक्षाको प्रत्याभूति गर्न माग गरेका छन्। सुरक्षा प्रत्याभूति नभएसम्म अत्यावश्यक बाहेक अन्य सबै सेवाहरू स्थगन गरिएको छ।

nawajiwan

घटनाले स्थानीय प्रशासनमा त्रासको वातावरण सिर्जना भएको छ भने नगरपालिकाको सेवा प्रवाह प्रभावित बनेको छ।