छाउगोठमा मृत्यु भएकी महिलाको परिवारलाई कृष्णपुर नगरपालिकाद्वारा ५० हजार आर्थिक सहयोग

Image
Nisarga Hospital

कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला दमाईंको छाउगोठमा सर्पको टोकाइबाट मृत्यु भएपछि नगरपालिकाले पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ।

CP Hospital Dhangadhi

नगरप्रमुख हेमराज ओझाले कार्यपालिकाको निर्णयअनुसार मृतकको परिवारलाई तत्काल राहतस्वरूप रु ५० हजार सहयोग गरिएको जानकारी दिए। उनले तीन जना बालबालिका टुहुरा भएको भन्दै उनीहरूको शिक्षाबारे थप निर्णय गरिने बताए।

नगरप्रमुख ओझाले छाउगोठजस्ता कुप्रथाका कारण महिला मृत्युवरण गर्नुपरेको बताउँदै यस्ता अभ्यासको अन्त्यका लागि नगरले छाउगोठ भत्काउने अभियान सुरु गरिसकेको जानकारी दिए।

nawajiwan
Attariya Hospital

उनका अनुसार अब छाउगोठ नहटाउने परिवारलाई सामाजिक सुरक्षाभत्ता सिफारिस नगर्ने, सेवा–सुविधा रोक्ने र आवश्यकता अनुसार विद्युत् सेवा समेत बन्द गर्ने तयारी भइरहेको छ।

गत शनिबार महिनावारीका कारण छाउगोठमा बसिरहेकी कमला दमाईंको सर्पको टोकाइबाट मृत्यु भएको थियो। नगरपालिकाले सुरक्षित मासिक धर्म व्यवस्थापनका लागि जनचेतनामूलक अभियान सञ्चालन गर्ने योजना समेत सार्वजनिक गरेको छ।