साउनको पहिलो सोमवार: शिवालयहरूमा भक्तजनको घुइँचो

Image
Nisarga Hospital

साउन महिनाको पहिलो सोमवार (आज) देशभरका शिव मन्दिरहरूमा बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ। हिन्दू धर्मालम्बीहरूमा सोमवार भगवान् शिवको विशेष वार मानिने भएकाले आजको दिन शिवजीको पूजा–आराधनाका लागि विशेष महत्त्वको मानिन्छ।

CP Hospital Dhangadhi

धार्मिक विश्वास अनुसार साउनको सोमवार व्रत बस्दा मनोकामना पूरा हुने र अटल सौभाग्य प्राप्त हुने जनविश्वास रहिआएको छ। भक्तजनहरू शिवलाई जल, बेलपत्र, दूध अर्पण गर्दै पूजा गर्न शिवालयहरूमा पुगेका छन्।

Attariya Hospital

यस अवसरमा विशेषगरी महिलाहरू हरियो चुरा, मेहेन्दी र माला लगाएर व्रत बस्ने परम्परा निर्वाह गर्छन्। पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा आज विशेष पूजाआजा भइरहेको छ।

nawajiwan

साउन १ गतेबाट सूर्य दक्षिणायनमा प्रवेश गर्ने भएकाले आजदेखि नै दक्षिणायन सुरु भएको मानिन्छ। यो दिनलाई धार्मिक रूपमा अत्यन्त पवित्र र फलदायी मानिने परम्परा छ।