
कैलालीको गौरीगंगा नगरपालिका–९ शंकरपुरस्थित एक कृषि फर्मको पानी पोखरीमा डुबेर तीन वर्षीय बालकको मृत्यु भएको छ।

शुक्रवार बुद्धिराज एग्रो कृषि फर्ममा डुबेर दिल्लीराज खनालका छोरा कुशल खनालको मृत्यु भएको हो। उक्त फर्म बुद्धिराज खनालले सञ्चालन गर्दै आएका छन् भने उनीसँगै उनका भाई दिल्लीराज पनि सोही स्थानमा बस्दै आएका थिए।

ईलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार बालक कुशल फर्मभित्र रहेको पानी पोखरीमा डुबेर बेहोस भएका थिए। उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।





























