शुक्लाफाँटा निकुञ्जमा पर्यटक घटे, प्रचारप्रसार र पूर्वाधार अभाव मुख्य कारण

Image
Nisarga Hospital

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा विदेशी पर्यटकको सङ्ख्यामा घटावट आएको छ। आर्थिक वर्ष २०८०/८१ मा ४,५७४ जना पर्यटक पुगेका थिए भने २०८१/८२ मा यो सङ्ख्या घटेर ३,७२२ मा झरेको छ।

CP Hospital Dhangadhi

निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार प्रचारप्रसारको अभाव, पूर्वाधारको कमी, निजी क्षेत्रको न्यून लगानी र महँगो हवाई भाडाका कारण पर्यटक घटेका हुन्। उनले भारतीय पर्यटकका लागि गड्डाचौकी नाकामा सुविधाको अभाव र टुर प्याकेजको अभावले समेत असर परेको बताए।

Attariya Hospital

शुक्लाफाँटा जैविक विविधताले भरिपूर्ण क्षेत्र हो जहाँ २,३२३ बाह्रसिङ्गा, ४४ पाटे बाघ, गैँडा, चरा र दुर्लभ वनस्पति पाइन्छन्। ३०५ वर्ग किमी क्षेत्रफलमा फैलिएको निकुञ्जमा पर्यटकले एकै ठाउँमा विविध वन्यजन्तु अवलोकन गर्न सक्छन्।

nawajiwan

यहाँका पर्यटन व्यवसायी र पथप्रदर्शकहरूले शुक्लाफाँटालाई सुदूरपश्चिमको आकर्षक गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार सुधार, अन्तर्राष्ट्रियस्तरको प्रचारप्रसार र टुर प्याकेज निर्माणमा निजी क्षेत्रको लगानी अपरिहार्य रहेको जोड दिएका छन्।