
खानीडाँडा:आस्था फुटवेयर इन्डस्ट्रीद्वारा आयोजित सुदूरपश्चिम संयुक्त डिलर स्टाफ वनभोज कार्यक्रम कैलाली जिल्लाको रमणीय स्थल खानीडाँडामा भव्य रुपमा सम्पन्न भएको छ। सुदूरपश्चिमका आस्था फुटवेयरका सेल्स एण्ड मार्केटिङ म्यानेजर सुदर्सन पाण्डेय को संयोजकत्वमा आयोजना गरिएको उक्त कार्यक्रमले क्षेत्रीय डिलर तथा कर्मचारीबीच आपसी समझदारी र सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएका छन्।


कार्यक्रममा कुल ४० जनाको सहभागिता रहेको थियो। सहभागीहरूलाई सम्मानस्वरूप सम्मान प्रमाणपत्र प्रदान गरिएको थियो। विशेषगरी, सनराइज टेलिभिजनका पत्रकार सुदीप थापा सपरिवारलाई कार्यक्रमका प्रमुख अतिथिका रूपमा आमन्त्रण गरी सम्मान गरिएको थियो।

कार्यक्रम संयोजक तथा आस्था फुटवेयरका सेल्स एण्ड मार्केटिङ म्यानेजर पाण्डेले सबै सहभागिलाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि यस्ता कार्यक्रममार्फत सम्बन्ध विस्तार र सहयोगको वातावरण बनाइने विश्वास व्यक्त गर्नुभएको छ।

स्थानीय सांस्कृतिक प्रस्तुति, मनोरञ्जनात्मक गतिविधि र समूहबीचको आत्मीय संवादले कार्यक्रमलाई झनै आकर्षक र सफल बनाएको थियो।
कार्यक्रमको समापनसम्म सहभागीहरूले आपसी सौहार्द, रमाइलो वातावरण र संस्थासँगको सम्बन्धलाई अझ मजबुत बनाउने प्रेरणा लिएको प्रतिक्रिया दिएका थिए।
































