भूमिहीनलाई दुई वर्षभित्र लालपूर्जा उपलब्ध गराउने नेता साउदको प्रतिबद्धता

Image
Nisarga Hospital

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री एनपी साउदले आगामी दुई वर्षभित्र भूमिहीनहरुलाई लालपूर्जा वितरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

CP Hospital Dhangadhi

शनिबार शुक्लाफाँटा नगरपालिका–२ रानीपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भूमिसम्बन्धी आयोगको कार्यलाई आवश्यक परे जनशक्ति थपेर तीव्रता दिनुपर्ने आवश्यकता औंल्याए।

साउदले अव्यवस्थित बसोबासीले तिर्नुपर्ने जग्गा शुल्क ८० प्रतिशतबाट घटाएर २० प्रतिशतभन्दा कम गरिएको जानकारी गराउँदै, यसले सर्वसाधारणलाई राहत मिल्ने विश्वास व्यक्त गरे।

nawajiwan
Attariya Hospital

उनले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जोनापुर क्षेत्र हुँदै मझगाउँसम्मको पर्यटकीय मार्ग निर्माणका लागि प्रक्रिया अघि बढिरहेको पनि बताए। “यसबारे सम्बन्धित निकायसँग छलफल भइरहेको छ,” उनले भने, “मार्गको प्रवेश विन्दुमा पर्ने स्याली नदीमा पुल निर्माण आवश्यक छ।”

कार्यक्रममा सहभागी स्थानीयवासीहरूले नेता साउदलाई जङ्गली जनावरको आतङ्क रोक्न मेसवायर जडान, सनवोरा र स्याली नदीमा तटबन्ध तथा सनवोरा नदीमा पक्की पुल निर्माणका लागि पहल गर्न आग्रह गरेका थिए।