
राष्ट्रिय परीक्षा बोर्ड (NEB) ले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। बोर्डले सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै देशभरका विद्यार्थीको नतिजा एकैपटक सार्वजनिक गरेको हो।

परीक्षा गत वैशाख २१ गतेदेखि सञ्चालन भएको हो। नियमित, ग्रेडवृद्धि र आंशिक गरी देशभरका लाखौं विद्यार्थीहरूले परीक्षा दिएका थिए।
बोर्डका अनुसार नियमिततर्फ मात्रै ५ हजार २०२ विद्यालयका ३ लाख ९५ हजार ९०८ विद्यार्थी सहभागी भएका थिए। तीमध्ये १ लाख ९८ हजार ८७५ जना छात्र र १ लाख ९७ हजार १३ जना छात्रा रहेका छन्।

परीक्षा व्यवस्थित, मर्यादित र निष्पक्ष रूपमा सम्पन्न गर्न बोर्डले सबै प्रदेशका परीक्षा केन्द्रहरूमा कडा निगरानी राखेको थियो।

यस वर्षको नतिजा विद्यार्थीको अध्ययन परिश्रमको प्रतिफल भएको बोर्डले जनाएको छ। नतिजा बोर्डको वेबसाइटसहित विभिन्न एसएमएस सेवा र मोबाइल एपमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ।
बोर्डले परीक्षाफल सार्वजनिकसँगै ग्रेडवृद्धि परीक्षा तथा नतिजासम्बन्धी पुनरावलोकन प्रक्रिया चाँडै प्रारम्भ गरिने जानकारी दिएको छ।
कति विद्यार्थीले कुन कुन GPA ल्याए:
4 GPA ल्याउने – 13,502 जना
3.60 GPA ल्याउने – 55,896 जना
3.20 GPA ल्याउने – 94,268 जना
2.80 GPA ल्याउने – 69,812 जना
2.49 GPA ल्याउने 8,964 जना
2 GPA ल्याउने 23 जना





























