गोदावरी नगरपालिकाको अत्तरियामा बाह्रसिङ्गाको सालिक, पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने

Image
Nisarga Hospital

अत्तरियाः सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार अत्तरियाको मुख्य चोकमा बाह्रसिङ्गाको आकर्षक सालिक स्थापना गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारको पर्यटन प्रवर्द्धन कार्यक्रमअन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने दुर्लभ बाह्रसिङ्गाको प्रचारप्रसार गर्ने उद्देश्यले उक्त सालिक राखिएको हो।

CP Hospital Dhangadhi

प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको प्रदेश पर्यटन कार्यक्रम कार्यान्वयन इकाइले करिब पाँच लाख रुपैयाँको लागतमा सालिक निर्माण तथा चोक सौन्दर्यीकरण गरेको हो। इकाइका प्रमुख डवल बोहराका अनुसार चितवनको मूर्तिकला स्टुडियोबाट निर्माण गरिएको सालिक अत्तरियामा मध्यराति ल्याइएको हो।

नेपाल र भारतमा मात्र पाइने यो बाह्रसिङ्गा हरिण प्रजातीको जनावर हो । यो शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा रहेको सिकारी ताल, शुक्लाफाटा निकुन्जमा रहेको घासे मैदानको फाटमा ८०० देखि १००० वटाको बथानमा एकैसाथ देखा पर्ने बाह्रसिङ्गा देखा पर्ने गरेका छन् । जैविक विविधता सरक्षण सङै पार्य(पर्यटन प्रबर्द्धन हुने भएकाले यो मुर्ती अत्तरियामा राखिएको हो ।

nawajiwan
Attariya Hospital

बाह्रसिङ्गा स्तानधारी बन्यजन्तु हो बाघ तथा मांसहारी बन्यजन्तुको मुख्य आहार हो । यसले बन्यजन्तु तथा बनजङ्गल खाध्य क्षृङखला सन्तुलन वातावरण बन्यजन्तु सरक्षण जैविक महत्वपुर्ण भुमिका रहेको पाइन्छ । यो शालिक राखे पछि अत्तरिया बजारको झन आकर्षण तथा सौर्न्दर्य बढेको स्थानीय चन्द्र आचार्यले भने ।

अत्तरिया बजारको बिचमा रहेको महेन्द्र सालिकलाई गोदावरी नगरपालिकाले व्यवस्थित बनाएको छ । त्यसले पर्यटक आकर्षक बनायको थियो भने यो बाह्रसिङ्गाको सालिकले झन पर्यटनको रोजाइमा पर्ने आचार्यले बताए ।

Advertize US